राष्ट्र, राष्ट्रियता, धर्म ,संस्कृति र नागरिक बचाउ महाअभियानले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म ,सांस्कृति र नागरिक बचाउ महाअभियानले देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
आईतवार काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल लगायत देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म ,संस्कृति र नागरिक बचाउ महाअभियान अध्यक्ष मण्डलको सदस्य आनन्द प्याकुरेलले ज्ञापन पत्र पढ्दैं बैंक तथा लघु वित्त ऋणि नागरिकहरुले चर्को ब्याजदरले आत्महत्या गर्न बाध्य भएका भन्दै बैंक तथा लघु वित्त सहकारीहरुलाई सचेत गराउन ज्ञापन पत्र बुझाएको जानकारी दिए ।
बैंक र सहकारीले गरेको नागरिकलाई सुकुम्वासी बनाउने, पसलहरुमा ताला लगाउने ,कालो सूचीमा राख्ने, जस्ता कार्यहरु तत्काल रोकी ऋणिहरुलाई पूर्णसंरचना गरी सरल ब्याजदरमा तिर्ने व्यस्था गर्न अभियानले आग्रह गरेको छ ।
उनले भने,‘राष्ट्र, राष्ट्रियता, धर्म ,सांस्कृति र नागरिक बचाउ महाअभियानल बैंक तथा लघु वित्त सहकारीहरुले आफ्नो ऋणि नागरिकहरुलाई गरेको अन्यायले नागरिकहरु डोरीको पासो लगाईं,झुण्डिने शरीरमा पेट्रोल खन्याई आगो लगाएर देह त्याग गर्न बाध्य छन् । हाम्रो अभियानले बिभिन्न बैंक तथा लघु वित्त सहकारीहरुलाई सचेत गराई सुकुम्वासी बनाउने पसलहरुमा ताला लगाउने ,कालो सूचीमा राख्ने, भाडा कुडा उठाएर लग्ने जस्ता कार्यहरु तत्काल रोकी ऋणिहरुलाई पूर्णसंरचना गरी सरल ब्याजदरमा तिर्ने व्यस्था गर्न ज्ञापन पत्र बुभाएको हौं ।’
अभियानले सरकारलाई नागरिकता मानसिक यातना दिने काम रोकि थप जनधनको क्षति हुनबाट रोक्न सूचना जारी गरी सहयोग गर्न अपिल गरेको छ ।














