बालबालिकालाई समाज र संस्कृतिको ज्ञान दिन आवश्यक छ : राष्ट्रिय सभा सदस्य देवकोटा
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपाली बालबालिकालार्य समाज, भाषा, कला र संस्कृतिको ज्ञान दिइनु पर्ने बताएका छन् ।
आईतबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले भविश्यमा हुन सक्ने घटनाहरुलाई ध्यानमा राखेर सामाजिक, सांस्कृतिक तथा प्राकृतिक विषयमा ज्ञान दिइनु पर्ने बताए ।
अमेजन जंगलमा हराएका बालबालिका ४० दिन पछि जीवितै भेटिएको प्रशंग उठाउँदै उनले बालबालिकालाई अप्ठ्यारो परिवेशबारे जानकारी गराइनु पर्ने बताए।
‘हाम्रा सहरका बालबालिकलाई नत जंगलको परिवेश थाहा छ न गाउँ समाजको नै । ताजा दुध कसरी बन्छ कुन चिजले बन्छ , धान चामल तरकारी फलफुल कसरी बन्छ कसरि फल्छ भन्ने केटा केटीलाई सोध्दा सबैको उत्तर मेसिन नै भन्ने आउँछ । ’ उनले भने ‘जंगलको परिवेशको त कुरै नगरौं । हामीले हाम्रा बालबालीकालाई गाउँ समाज भाषा कला संस्कृति लगायत विविध परिवेशको बारेमा ज्ञान दिनु पर्यो । त्यो पनि स्थलगत अनुगमन सहित । समय समय जंगलको वातावरण सम्बन्धि सिकाउने र देखाउने गर्नु पर्छ। ’














