सांसद रावलको सरकारलाई प्रश्न : देशमा विधिको शासन छ की भनसुनको शासन छ ?
काठमाडौं । सांसद दिल कुमारी रावल थापा (पार्वती)ले कानूनी शासनको अनुभूति गर्न नपाएको गुनासो गरेकी छिन् ।
आईतबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सार्वजनिक सेवा सुविधामा नागरिको सहज पहुँच समेत नभएको र भनसुनको आधारमा काम लिनु परेको भन्दै आक्रोश पोखिन ।
उनले भनिन् ‘म प्रश्न गर्न चाहान्छु के कानूनी शासनको अनुभूति आम नागरिकले गर्न पाएका छन् ? आज सार्वजनिक सेवा सुविधामा नागरिकको सहज पहुच छ कि छैन ? के आज भनसुन र पैसाको आधारमा जनताले काम लिनु परिरहेको छ की छैन ? विधिको शासन छ की भनसुनको शासन छ ? जनता यसको उत्तर खोजि रहको छन्। विधी र व्यवहारमा किन संगती मेल खाईरहेको छैन । ? नियम कानुनु सबैको लागि सम्मान छ की छैन ? किन फरक भईरहको छ ? जनताले प्रश्न गईरहेका छन् ? ठुलालाई चैन र सानालाई ऐन भईरहेको छ । यो व्यवस्था कहिले सम्म । ’
उनले प्राकृतिक प्रकोपको पूर्व तयारीको विषेश ध्यान लिन सरकारसंग माग गरेकी छन् ।














