महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश
काठमाडौं । महालेखा परीक्षकको ६० औ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।
प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आज आइतवारको राष्ट्रिय सभा बैठकमा महालेखा परीक्षकलगायत विभिन्न आयोगका प्रतिवेदन पेश गरेका हुन् ।
उनले भने ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८/७९ को महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८/७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८/७९ सम्माननीय सदनमा पेश गर्दछु । ’










