प्रतिनिधिसभाको बैठक : विनियोजन विधेयकमाथिको छलफल जारी
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे बस्दै छ ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ भने विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विषयमा छलफलका क्रममा उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।










