बालेनलाई फोहोर उठाउँन भन्दा शिक्षा मन्त्रालयको समस्या उठाउँन गाह्रो : मन्त्री राई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि अशोककुमार राईले शिक्षा मन्त्रालयमा समस्याको धेरै ठूलो थुप्रो रहेको बताएका छन् ।
शनिवार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिको अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले मन्त्रालयमा समस्याको थुप्रो रहेको भन्दै काठमाडौंका मेयर बालेन्द्र साहलाई काठमाडौंको फोहोर उठाउँन भन्दा मन्त्रालयको समस्यालाई उठाएर फाल्न गाह्रो रहेको टिप्पणी गरे ।
उनले भने, शिक्षा मन्त्रालयमा समस्याको धेरै ठूलो थुप्रो रहेछ ।
बालेन्द्र साहलाई काठमाडौंको फोहोर उठाउन त्यति गाह्रो पर्या थिएन होला । यहाँको थुप्रो उठाउँन डोजर चलाउन ,समस्यालाई उठाएर लग्न त्यो भन्दा कठिन छ । तर पनि म लागिरहेको छु ।’
उनले मन्त्रालयमा समस्या लिएर आउँने हरेकले धम्की दिएर जाने गरेको बताउँदै भने,‘ शिक्षा मन्त्रालयमा आउने हरेकले एटा धम्की छोड्छन् । यो मेरो माग पूरा हुन्छ भने हुन्छ नत्र यहि शिक्षा मन्त्रालयको गेटमा धर्ना बस्छु तालाबन्दी गर्छु भन्ने अवस्था बनेको रहेछ ।’ उनले आफु १७ वर्षपछि सत्ताको सदस्यको रुपमा मन्त्रालय जाँदा नकारात्मक परिवर्तन देखेको बताए ।














