जापानमा तामाङ भाषा सिक्ने हाते पुस्तक विमोचन
जापान । नेपाल तामाङ समाज जापान (एनपीओ) 法人 ले आफ्नो स्थापनाको गौरवमय १२औँ बार्षिकोत्सव तथा तामाङ ताम (भाषा) सिक्ने हाते पुस्तकको विमोचन कार्यक्रम गर्ने भएको छ ।
भाषाविद् अमृत योन्जन तामाङको लेखन तथा नेपाल तामाङ सामाज जापानको प्रकाशनमा रहेको तामाङ ताम सिक्ने हाते पुस्तकको विमोचन तथा बार्षिकोत्सव कार्यक्रम गर्न लागेको हो ।
आउँदो डिसेम्बर १९ तारिख आइतबार नेपालबाट भर्चुअल माध्यम जुम मार्फत् र जापानमा बसोवास गर्नुहुने महानुभावहरुका लागि टोकियोको गोतान्दास्थित माया रेष्टुरेण्टको हलमा कार्यक्रम हुने नेपाल तामाङ समाज जापानले जनाएको छ ।
कार्यक्रममा नेपाल तामाङ समाज जापानको स्थापना कालदेखि हाल सम्म तामाङ भाषा, संस्कार र संस्कृतिको संरक्षण एवं संवर्द्धनमा
पुर्याउदै आउनुभएको साथ, सहयोग र योगदानको कदर गर्दै अग्रजहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि महासचिव बलराम लामा थिङले जानकारी दिनुभयो ।

जापानवासी नेपाली तामाङ तथा गैर तामाङ दाजुभाई दिदी बहिनी, विभिन्न संघसंस्था सहयोगी दाता तथा शुभचिन्तक महानुभावहरुमा समेत साथ सहयोग र हार्दिकता प्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रममा उपस्थित हुन समाजकी अध्यक्ष रूबीना तामाङले आग्रह गर्नुभएको छ ।

















