एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त
बनेपा स्थायी घर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन् । यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले पदबाट राजीनामा दिएपछि बन्जरालाई नियुक्त गरिएको हो ।
गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोकेको पन्तको दावी छ ।
गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख अष्ट्रेलियन कम्पनी भेरो मार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ । संघको नेतृत्वका लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता हुँदैछ ।
तर सस्थापन इतर पक्षले विवाद यथास्थितिमा राखेर हुने निर्वाचनमा भाग नलिने जनाउदै आएको छ । आइसीसी निर्वाचनमा मतदान गर्ने प्रतनिधिका विषयमा ठूलो विवाद छ । तर अध्यक्ष कुमार पन्त जसरी पनि निर्वाचन गराइ छाड्ने हटमा रहेको बताइन्छ । यस अघिका प्रमुख निर्वाचन आयुक्त पौडेलले सदस्यता नामावलीामा कुमार पन्तले अनावश्यक हस्तक्षेप गरेको भन्दै राजिनामा दिएका थिए । त्यस पछि एनआरएनएका संरक्षक राम थापालाई कार्यवहाक निर्वाचन आयुक्त नियुक्त गरिएको पन्तले जनाएका थिए ।