शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामाथि अनुसन्धानका लागि थप तीन दिनको अनुमति दिएको छ ।
यस प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो ।
त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले ५ दिनको समय माग गरे पनि अदालतले ३ दिन मात्रै दिएको छ ।
यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन् ।