‘अमेरिकामा स्वास्थ बीमा लिदा बुझ्नै पर्ने तीन कुरा’

Getting your Trinity Audio player ready...
|
नेत्र बन्धु पोखरेल
बीमा जोखिम ब्यबस्थापनको लागि एक महत्वपूर्ण उपाय हो । अमेरिकामा बीमा निकै प्रख्त छ र ठूलो महत्व राख्दछ । मानव जीवन सँग संबन्धित स्वास्थ बीमा(Health Insurance), जीवन बीमा (Life Insurance), दीर्घकालीन हेरचाह बीमा (Long Term Care Insurance), शारीरिक अक्षमता बीमा (Disability Insurance) आदि छन ।

यस्तै पशुपन्छी आदिको बीमा पनि महत्वपूर्ण मानिन्छ । गाडि, घर,व्यापार व्यावसायको बीमाअनिवार्य नै छ । हामीले प्रयोग गर्ने मोवाइल फोन देखि अन्य प्रायः सामानहरुको बीमा गर्ने चलन छअमेरिकामा ।
स्वास्थ्य बीमा कुनै कुनै राज्यमा बाहेक अनिवार्य छैन तर अमेरिकामा स्वास्थ्य परिक्षण र उपचारअत्यन्त महङ्गो हुने भएकोले यो अनिवार्य जस्तै बुझ्नु पर्ने हुन्छ । यदि स्वास्थ्य बीमा लिएको छैन रपैसा छैन भने पनि आपतकालमा अस्पताल गएर उपचार त गर्न सकिन्छ तर त्यस पछि आउने विल सामान्यतया हामीले कल्पना गर्ने रकम भन्दा अलि बढी नै हुन्छ । त्यस्ता विलले जीवनभरको लागि टाउको दुखाईको विषय बन्न सक्छ ।
जीवनका ठूला घटना (Life Event) को अवस्थामा सो घटना भएको ६० दिन भित्र जहिले पनि स्वास्थ्य बीमा लिन पाइने व्यवस्था भएता पनि सामान्यतया स्वास्थ्य बीमाको आवेदन अवधि(open enrollment) नोभेम्बर १ बाट शुरु भई डिसेम्बर १५ मा सकिन्छ । फेब्रुअरीबाट लागु हुने गरि लिनको लागि थप एक महिना समय दिने गरिएको पाइन्छ । जनवरी बाट लागु हुने गरि लिनको लागि भने डिसेम्बर १५ भित्र आबेदन गरी डिसेम्बर भरमा पहिलो महिनाको प्रिमियम बुझाइ सकेकोहुनु पर्दछ । स्वास्थ्य बीमा बजार (Health Insurance Marketplace) मार्फत वा सिधै कम्पनीहरुबाट पनिलिन सकिन्छ ।
यदि पहिले नै बीमा लिएको छ र आफ्नो बस्ने ठेगाना, काम गर्ने कम्पनि, आम्दानीको स्रोत, अध्यागमन स्थिति र परिवार संख्यामा परिवर्तन भएको छ भने अद्यावधिक गर्नु पर्ने हुन्छ । बार्षिकआम्दानी,परिवारको संख्या र बसेको स्थान, राज्य अनुसार बीमाको योजना र तिर्नु पर्ने रकम फरक हुन सक्छ । तपाईको कम आम्दानी छ भने तपाइले सरकारी बीमा (मेडिकेट,मेडिकेयर) पनि पाउनसक्नु हुन्छ । सरकारी बीमा पाउनका लागि राज्य अनुसारका फरक मापदण्ड रहेका छन् ।
तपाइले बीमा किन्दा मार्केटप्लेस वा तपाई आफ्नो काम गर्ने ठाँउबाट पनि स्वास्थ बीमा लिन सक्नुहुन्छ । तपाईले काम गर्ने संस्थामा स्वास्थ बीमा छ भने त्यहीबाट लिनु राम्रो मानिन्छ । तर त्यो बाध्यकारी भने हुदैन । जहाँबाट बीमा किन्दा पनि मुख्य ध्यान दिनु पर्ने भनेको कति शुल्क तिर्ने र केके सुविधा पाउने भन्ने हो ।
बीमा कम्पनीले प्याकेजमा डिल गर्ने गरेका हुन्छ । कुनै प्लानमा प्रिमियम सस्तो देखिन्छ तर अन्यशिर्षकमा धेरै रकम तिर्नु पर्ने हुन्छ । धातु अनुसारको मूल्य फरक भए जस्तै गरी स्वास्थ्य बीमामापनि ब्रोन्ज, सिल्भर गोल्ड र प्लाटिनम गरी बिभिन्न स्तरका प्लान उपलब्ध गराउन्छ । प्रिमियम(माशिक शुल्क) कति हुने भन्ने कुरा ब्राउन ६०, सिल्भर (७०, ७३, ८७ र ९४) गोल्ड ८० वा प्लेटिनम९० मध्ये कुन प्लान छ त्यसमा भर पर्दछ । प्रिमियम मध्ये पनि कति क्रेडिड पाउने र कति बुझाउनेभन्ने कुरा प्लान, उमेर, परिवार संख्या, बसोबास गरेको स्थान र बार्षिक आयले फरक पार्दछ ।
स्वास्थ्य बीमा लिदा हामी प्राय प्रिमियम कति भन्ने कुरामा ध्यान दिन्छौं । प्रिमियमको साथमा डिडेक्टिवल (Deductible), को पे (Co- pay) र आउटअफ पकेट म्याक्स (Out of Pocket Max) मा बढी ध्यान दिनु पर्ने कुराहरु हुन । डिडेक्टिवल भन्नाले न्युनतम कति रकम सम्मको शुल्क तपाइले तिर्ने भनेर सिलिङ्ग तोकिएको हुन्छ । जस्तै तपाइले लिन लाग्नु भएको प्लानमा डिटेक्टिवल पाँच सय डलर छ भने त्यो वर्षभरी उपचारका लागि डाक्टर अफिश जाँदा ल्याब लगायतका परिक्षण गराउदा शुरुको पाँच सय डलर सम्म तपाइले तिर्नु पर्ने हुन्छ । मानौ रगत, दिशा,पिसाव परिक्षण लगायतका अन्य परिक्षण गराउदा सात सयको बील आयो भने तपाईले पाँचसय मात्र तीर्नु पर्ने हुन्छ । डिटेक्टिवल सिलिङ्ग कटे पछि बीमा कम्पनिको हुन्छ ।
त्यस्तै अर्को पाटो आउछ को पे को । हरेक पटक डाक्टर संग परिक्षण गराउँदा, औषधीको लिंदा, ल्याब, एक्सरे आदि गर्नु पर्दा कति तिर्नु पर्ने कति भन्ने कुरा को पे मा आउँछ । तर आउट अफ पकेट म्याक्स बिन्दुमा पुगे पछि त्यो पनि तिर्नु नपर्ने हुन्छ । आउट अफ पकेट म्याक्स भनेको तपाईको बीमा प्लानमा एउटा निश्चित रकम तोकिएको हुन्छ जुन रकम भन्दा माथि बीमा कम्पनीको जिम्मेवारी हुन्छ ।
मानौ तपाइले लिन लाग्नु भएको प्लानमा पाँच सय डिटेक्टिवल र तीन हजार आउट अफ पकेट छ भने पहिलो पाँच सय सम्मको खर्च तपाइले तिर्नु नै पर्ने हुन सक्छ । त्यस्तै बीचमा असामान्य अवस्था आएर तपाइको ठूलो रकमको बील आयो भने पनि त्यो आउट अप पकेट म्याक शिर्शकअन्तर्गत तपाइको सिलिङ् कति तोकेको छ त्यो भन्दा बढी तिर्नु पर्दैन । बीमाबाट सुबिधा लिनको लागि पनि नियमानुसार कम्पनीहरुले तोकेको प्रकृया पूरा गर्नु पर्ने हुन्छ ।
जसलाई कुनै रोग छैन, नियमित चेकजाँच बाहेक अन्य परिक्षण गर्नु पर्ने छैन भने त्यस्ता व्यक्तिले प्रिमियम कम भएको प्लान उपयुक्त हुन्छ ।