कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक अर्को साता बस्ने
काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई केन्द्रीय कार्य समिति बैठकमार्फत पूर्णता दिने भएको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास महाराजगंजमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले भ्रातृ संगठन र पार्टीका विभागलाई पूर्णता दिनका लागि आन्तरिक गृहकार्य गर्ने र बैंशाख २८–२९ गते बस्ने केन्द्रीय कार्य समिति बैठकबाट पूर्णता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
भ्रातृ संगठन र पार्टीका विभागहरुलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने उनले बताए ।
महतले भातृसंगठनहरुको आकार केहि बढ्न सक्ने उल्लेख गरे । उनले नक्कली शरणार्थी प्रकरणमा गम्भीर भएको भन्दै संलग्नलाई आवश्यक कारवाही गर्नका लागि कांग्रेसले सघाउने पनि जानकारी दिए ।















