पेन्सिलभेनियाको ल्यानक्यास्टरमा सामुहिक रुपमा बुद्धजयन्ती मनाइने

पेन्सिलभेनिया,अमेरिका / पेन्सिलभेनियामा यस पटक पनि सामुहिक रुपमा बुद्ध जयन्ती मनाइने भएको छ।
ल्यानक्यास्टर बुद्धिष्ट कम्युनीटीले २५ सय ६७ औं बुद्ध जयन्ती सामुहिक रुपमा बनाउने व्यवस्था गरेको हो।
कम्युनीटीका सचिव मन तामाङ्गका अनुसार माउन्टभिलको प्रिमरोज लेनमा (306 Primrose Lane,Mountville pa 17554) मे सात तारिक आइतवार बुद्धजयन्तीका लागि विषेश कार्यक्रम राखिएको छ।
‘ल्यानक्यास्टरमा सामुहिक रुपमा बुद्ध जयन्ती मनाउन लागिएको यो दोस्रो पटक हो।’ समाज टाइम्स सँग तामाङ्गले भने,’बीचमा कोभिडका कारण रोकिएको थियो फेरि हामीले शुरु गरेका हौ।’
कार्यक्रममा भगवान बुद्धका बारेमा प्रवचन राखिएको छ। मेरील्याण्डबाट आउने धर्म गुरु श्रद्धेय खेन्पो पेम छिरी शेर्पाबाट पुजापाठका साथै प्रवचन हुने छ।
बिहान साढे नौ बजेबाट शुरु हुने कार्यक्रम साँझ पाँच बजे सम्म चल्ने छ।