फाइनल पुग्न नेपालले कुवेतसँग खेल्दै
काठमाडौं । एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवेतसँग खेल्ने छ ।
उता, अर्को सेमिफाइनल खेल भने मूलपानी मैदानमा हुने छ । मूलपानी मैदानमा युएई र ओमान आम्ने सामने हुनेछन् ।
समूह चरणमा नेपाल ४ खेल मध्य ३ मा जित र १ खेलमा अङ्क बाँड्दै ७ अङ्कका साथ समुह ‘ए’ वाट विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
उता समूह बी को उपविजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको थियो ।
कुवेत ४ खेलमा ३ मा जित र १ मा पराजयसहित ६ अङ्क लिएर नेट रन रेटबाट सेमिफाइनल पक्का गरेको टिम हो ।
यसैगरी, मूलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आम्ने सामने हुनेछन् ।
युएई ४ खेलमा ३ जित र १ हार सहित ६ अङ्कका साथ समुह ‘बि’ वाट विजेता टोली बनेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अङ्कका साथ समुह ‘ए’ वाट दोस्रो स्थानमा रहेको टोली हो ।
दुवै सेमिफाइनल खेल ९ बजेबाट सुरु हुनेछ । आजका विजेता उपाधिका लागि सोमबार आम्ने सामने हुने छन् ।
उपाधि जित्ने टोलीले एसियाकपमा स्थान पक्का गर्ने छ । एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा पर्ने छ ।















