शिक्षा सुधारका लागि विज्ञहरुसँग परामर्श गरिरहेका छौं : सांसद पौडेल
काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद प्रदिप पौडेलले विद्यार्थीहरुको पठनपाठन सुधार र व्यवस्थित गर्ने विषयमा विज्ञहरुसँग निरन्तर परामर्समा रहेको बताएका छन् ।
नेविसंघ अमृत क्याम्पसले नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विद्यार्थीबाट स्वतन्त्र विद्यार्थी युनिएन चलाउन र सुुविधा लिनका निम्ति कुनै पनि शुल्क नलिने बताए ।
विद्यार्थीबाट स्वतन्त्र विद्यार्थी युनिएन चलाउनका निम्ति हामीले सुुविधा लिनका निम्ति कुनै पनि शुल्क हामिले लिने छैनौ ।
यहाहरुको पठाई पठनपाठन व्यवस्थित गर्ने सबै सापेक्ष कार्यक्रमहरु, पाठ्यक्रमहरु करिकुलम डेभलप गर्ने कुरामा हामीले विज्ञहरुसँग निरन्तर परामर्स गर्ने छौ ।
उनले अमृत क्याम्पसलाई विकास गर्दै सुविधाहरु उपलब्ध गराउनको लागि तिव्र रुपमा अगाडि बढ्ने बताए ।