नव निर्वाचित राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ले आज किर्तिपुरको चम्पादेवि स्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्णपण गरेका छन् ।
उनी पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एसका महासचिव वेदुराम भुषाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए।
सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरे । पौडेलले त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गरेका थिए ।
यसअघि शुक्रबार नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिर पुगेर पूजा अर्चना गरेका थिए । शुक्रबार नै पौडेलले सुन्दरीजल स्थित वीपी संग्रहालय पुगेर वीपी गणेशमान सिंह, कृषणप्रसाद भट्टराई लगायतका नेताहरूको सालिकमा माल्याणपर्ण गर्नुका साथै संग्राहलय परिसरमा वृक्षारोपण गरेका थिए ।
सोही दिन साँझ विश्वसम्पदा सूचीमा सुचीकृत स्वयम्भूनाथ क्षेत्रको अबलोकन गरेका थिए । पौडेलले देशको राष्ट्रपतिको रुपमा सोमबार पद तथा गोपनियताको सपथ लिने छन् । अहिले नीजि निवास बोहोराटारमा रहेका पौडेल सपथ पछि शीतल निवास सर्ने तयारीमा छन् ।















