नेपाली काङ्ग्रेसको योगदानलाई जनताले सम्झिनु आवश्यक छ : नेता पौडेल
काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसले नेपाली जनताको स्वाभिमानलाई उच्च राख्न धेरै योगदान गरेको दाबी गरेका छन्।
महेन्द्र नारायण निधिको १०१ औं जन्म जयन्तिको अवसरमा आयोजित समसामयिक नेपाली राजनीति र निधिको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपाली काङ्ग्रेसले राष्ट्रको स्वतन्त्रता र अखण्डतालाई बचाउन गरेको योगदानलाई नेपाली जनताले सम्झिन आवश्यक भएको तर्क गरे ।
हामी लोकतन्त्रवादी यो राष्ट्रको स्वतन्त्रता र अखण्डतालाई बचाउनको लागि नेपाली जनताको स्वाभिमानलाई उच्च राख्न हाम्रो धेरै योगदान रहेको हुदाँ नेपालीले यही सम्झिनु पर्छ ।
उनले हामीले गरेको आन्दोलनको परिणाम स्वरुप जनतालाई अधिकार सम्पत्र बनाउने संविधान नेपालमा जारी भएको बताउँदै उक्त संविधानको रक्षा गर्नु पहिलो चुनौति भएको बताए ।
उनले देशमा शान्ति स्थापना गर्न, संविधानलाई सत्तागत गर्न, संघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्न र सुशासन कायम गर्न अहिलेको एजेन्डा अनुसार काम गर्न आवश्यक भएको पनि उल्लेख गरेका छन् ।