राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी सर्मथन र प्रस्तावक नबस्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको सर्मथन र प्रस्तावक नबस्ने भएको छ ।
सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्मथन र प्रस्तावक नबस्ने निर्णय गरेको बताए ।
राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल जारी रहेको भन्दै उनले अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा सर्मथन नबस्ने निष्कर्षमा पुगिएको बताए ।
उनले भने “राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले सर्मथन र प्रस्तावक नबस्ने र अन्य विषयहरूमा आगामी दिनमा निर्णय गरी छलफल जारी रहेको छ । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी कम्तीमा राष्ट्रपतिको निर्वाचनमा सर्मथन बस्दैन ।”
त्यस्तै राप्रपा नेता दीपक बहादुर सिहंले अहिले उम्मेदवार स्पष्ट भएको छैन । राप्रपाले के गर्ने पछिल्लो बैठकबाट स्पष्ट हुने आजको बैठक वाट निर्णय भएको जानकारी दिए ।













