उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : गठबन्धनको सहकार्यलाई निरन्तरता दिने सहमति
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको छ ।
आइतवार बिहान बसेको संयन्त्रको बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले, सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको जानकारी दिएका हुन् ।
एमाले नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा समेत छलफल भएको उनको भनाई छ ।
उनले बैठकमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारि भएको बताए । ‘सरकारले गरेको काम कारवाहीको बारेमा र आपसी सम्वन्वयन सरकारका कामकारवाहीको बारेका समीक्षा भयो । चाँडै रास्वप सरकारमा आउन पनि सक्छ । केही प्राविधिक विषयहरू मिलाउनुपर्नेछ ।’
पत्रकारसँग कुरा गर्दै उनले सहमतिमा सत्ता साझेदार दलबीच विमत्ति नरहेको भन्दै बाहिर आएका कुराहरू भ्रमपूर्ण रहेको बताएका छन् ।
गठबन्धनको सहकार्यलाई निरन्तरता दिँदै अझैं बलियो भएर अगाडी जाने लिङदेनको भनाई छ ।