सरकारले गल्ती गर्छ, गाली किन राष्ट्रपतिलाई : एमाले सांसद पन्त
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले, ’सरकारले गल्ती गर्दा राष्ट्रपतिले गाली खाने भन्दै प्रश्न उठाएका छन् ।
आइतवार दिउँसो संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले औपचारिक कार्यक्रममा राष्ट्रपतिसहितका भीआईपीलाई लैजाँदा सरल उपाय अपनाउन माग गरे ।
उनले भने ‘राष्ट्रपतिको सवारीलाई लिएर रामवरण यादवको पालामा पनि विवाद भएको थियो। हामीले उतिबेलैदेखि यसलाई सरल र सहज बनाउनु भनेका हौ। ’
उनले राष्ट्रपतिको सवारी सरल बनाउने काममा सरकारले भूमिका नखेलेको आरोप लगाउँदै भने ‘यसलाई सरलीकृत गरौँ भन्दा सरकार किन तयार हुँदैन?’
राष्ट्रपतिको सवारीका कारण दु:ख पाएकाहरुले सांसदलई पनि गाली गरेको भन्दै उनले आफुले लोगो नै छोपेर हिँड्नुपरेको बताए ।