टर्की – सिरिया महाभूकम्प : मर्नेको संख्या झण्डै २२ हजार पुग्यो, ७६ हजारभन्दा धेरै घाईते
काठमाडौं । चार दिन अघि गएको महाभूकम्पमा परि टर्की र सिरियामा मर्नेको संख्या २१ हजार सात सय १९ पुगेको छ । ज्यान गुमाउनेमा सबैभन्दा धेरै टर्कीका स्थानीय रहेका छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार महाभूकम्पबाट शुक्रवार बिहानसम्म टर्कीमा मात्रै १८ हजार ३ सय ४२ ले ज्यान गुमाएका छन् । सिरियामा भने ३ हजार ३ सय ७७ को ज्यान गएको छ । भूकम्पमा परि कम्तीमा पनि ७८ हजार एक सय २४ घाइते भएका छन् । एक लाखभन्दा धेरै घरपरिवार बेघरबार भएका छन् ।
घाइतेको उद्धारका लागि संयुक्त राष्ट्र संघको टोली बिहीवार मात्रै टर्की र सिरियाको उत्तरपूर्वी क्षेत्रमा पुगेका छन् । उद्धारका लागि खटिएको राष्ट्र संघको यो पहिलो टोली हो । उद्धारका लागि उनीहरुले खाद्य पदार्थसँगै बस्न लागि प्रयोग गरिने बिभिन्न बन्दोवस्तिका सामाग्रि सँगै लगेका छन् ।
२० वर्षएताकै घातक भूकम्प
गत सोमबार टर्की र सिरियामा गएको भूकम्प २० वर्षएताकै सबैभन्दा घातक रहेको देखिएको छ । ७.८ म्याग्नेच्यूडको उक्त भुकम्पका कारण चार दिनमै २१ हजार सात सय १९ को ज्यान लिएको छ । ७८ हजार १ सय २४ को घाइते भएका छ । बेघरबार हुनेको संख्या एक लाख नाघि सकेको छ । यो संख्या अझ बढ्ने सक्ने देखिन्छ ।
भुकम्पका कारण लाखौं घर भत्किएका छन् । सडकमा धाँजा फाटेका छन् । घरका पर्खाल ध्वस्त भएका छन् । पुल भत्किएका छन् । क्षतिको विवरण अझै खुल्न सकेको छैन ।
चिसो कठ्याङ्ग्रीन बाध्य
सिरिया र टिर्कीका भूभागमा यतिबेला हिमपात भइरहेका छन् । तापक्रम शुन्य डिग्रिमा झरेको छ । भूकपबाट घर गुमाएकाहरु खुला चौर, मस्जिद तथा सडकमा कठ्याङ्ग्रीए बस्न बाध्य भएका छन् । घर गुमाएकाहरु निजी कार, सार्वजनिक बस र पार्कमा बस्न बाध्य भएका छन् । घर भएकाहरु पनि त्रासका कारण घरभित्र बस्न सकेका छैनन् ।
दिउँसोका समय घरभित्र केही बेर छिरे पनि रात बिताउन भने उनीहरु बाहिरै आउन बाध्य छन् । उद्धारका लागि बिभिन्न मुलुकबाट उद्धारकर्मी त खटिएका छन् । तर, उनीहरुका प्रयास यति बेला अपर्याप्त देखिएको छ । अध्याधिक चिसोका कारण उद्धारमा खटिएका उद्धारकर्मीलाई पनि गाह्रो भएको छ ।
२० बर्षएताका ११ ठुला भूकम्प
वर्ष सन् देश म्याग्नेच््यूड मृत्यू घाइते बेघरबार
२००४ इण्डोनोसिया ९ १,६५,७०८ यकिन छैन ५,३२,८९८
२००८ चिन ८ ८७,४७६ ३,६६,५९६ यकिन छैन
२००५ पाकिस्तान ८ ७३,३३८ १,२८,३०९ ५०,००,०००
२००४ श्रीलंका ९ ३५,३९९ २३,१७६ ४,८०,०००
२००३ इरान ७ २६,७९६ २२,६२८ ४५,०००
२०२३ टर्कि÷सिरिया ८ २१,७१९ ७८,१२४ यकिन छैन
२०११ जापान ९ १९,८८४ ५,९३३ यकिन छैन
२००४ भारत ९ १६,३८९ ६,९१३ यकिन छैन
२०१५ नेपाल ८ ८,८३१ १७,९३२ यकिन छैन
२००४ थाइल्याण्ड ९ ८,३४५ ८,४५७ यकिन छैन
२००६ इण्डोनेसिया ६ ५,७७८ १,३७,८८३ ६,९९,२९५