भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमणमा आउँदै
काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार क्वात्रा आउने सोमबार दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्रका सचिव भरतराज पौडेलको निमन्त्रणापछि विदेश सचिव क्वात्रा नेपाल आउन लागेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै अमेरिका, भारतलगायतका देशको उच्च अधिकारीको नेपाल भ्रमण बाक्लिएको छ ।