अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्याक गरी रकम ठगी गर्ने पक्राउ
काठमाडौं । अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्याक गरी रकम ठगी गर्ने पक्राउ परेका छन् ।
कास्की पोखरा महानगरपालिका–१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई सामाजिक सञ्जाल प्रोफाईल ह्याक गरी रकम ठगी गरेको आरोपमा पक्राउ गरीएको हो ।
प्राविधिक सबुत, प्रमाण र ह्यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्याक गरी सोही प्रोफाईल मार्फत सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई एक पीडितको साथबाट नगद ५० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।