संसद् भवन अगाडि आत्मदाहको प्रयास

Getting your Trinity Audio player ready...
|
काठमाडौं– नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।मंगलबार बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट बाहिर निस्केलगत्तै उनले आत्मदाहको प्रयास गरेको घटनाका प्रत्यक्षदर्शीले बताए।
प्रहरीले आत्मदाहको प्रयासको गर्ने आचार्यलाई प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको छ। उनले आत्मदाहको प्रयास गर्नुको कारण खोज्न थालिएको प्रहरीले बताएको छ।