यती विमान दुर्घटना : अमेरिकाबाट विदा मनाउन नेपाल आएको चार जनाको एक परिवार नै पोखरामा अस्तायो

पोखरा । अमेरिकाबाट नेपाल घुम्न आएको एक परिवार आइतवार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा अस्ताएको छ।
विमान दुर्घटनामा हरि परियार सहित उनको परिवारका चार सदस्यको निधान भएको छ। पछिल्लो समय अमेरिका बस्दै आएका हरिको परिवार केही समय अगाडि नेपाल आएका हुन्।
काठमाडौं स्वयम्भुका हरि सहित उनी श्रीमती लक्ष्मी उनीहरुका १६ वर्षीया छोरी रीता र १४ वर्षीय छोरा कृस घुम्नका लागि पोखरा आएका थिए।
अमेरिकामा घर बनाउन काम गर्ने बताउने हरि टिकटकमा समेत सक्रिय थिए।