राहदानी विभागको सिष्टम अवरूद्ध गर्नेलाई कारबाही गर्न नेविसंघको माग
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राहदानी विभागका विचौलियालाई तत्काल कारबाही गर्न माग गरेको छ। अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति प्रकाशित गरी पुस १७ गतेदेखि सिस्टममा आएको समस्या देखाउँदै पासपार्ट वितरण रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विगत लामो समय देखि राहदानी वितरण र आवेदनको निमित्त भरिने अनलाइन फाराममा दलाली गरिएको र विचौलियाहरु हावी हुँदै गएको गुनासो आइरहेकोले यस्ता गतिविधि पूर्ण रुपमा नियन्त्रण गरी सहज ढंगबाट नागरिकलाई सेवा प्रदान गर्न नेविसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ।








