निर्मला पन्तको घटनामा हालसम्मको अनुसन्धान प्रगतिबारे गृहमन्त्रीले लिए ब्रिफिङ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्त प्रकरणबारे प्रहरी अनुसन्धानबारे जानकारी लिएका छन् । प्रहरी महानिरीक्षक,अतिरिक्त महानिरीक्षक,नायब निरीक्षकहरुसहितको टोलीबाट गृहमन्त्री लामिछानेले ब्रिफिङ लिएका हुन् ।
मन्त्री पदमा बहालीपश्चान पहिलो निर्णय नै निर्मलालाई न्याय दिलाउन अधिकतम पहल गर्ने निर्णय गरेका लामिछानेले प्रहरीसँग परामर्श गरेका हुन् । प्रहरीले उनलाई घटनाको अनुसन्धान अहिले पनि जारी रहेको तर कुनै निस्कर्षमा पुग्न नसकेको बताएका थिए ।
गृहमन्त्री लामिछानेले यस घटनाले सिंगो प्रहरी संगठनकै प्रतिष्ठामा आँच आएकाले अझै गम्भीर भएर अनुसन्धानमा जुट्न आग्रह गरेका छन् ।











