भारतीय प्रधानमन्त्रीले पनि पठाए नेपाली समकक्षीलाई लिखित बधाई सन्देश
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि हस्तक्षेप गर्दै आएको भनिएको भारतले पनि नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई लिखित बधाई सन्देश पठाएको छ ।
लिखित बधाई सन्देश दिनको लागि नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रवार प्रचण्डलाई भेट समेत गरेका छन् ।
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा नेपाल र भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।








