समाज टाइम्सको शुभारम्भमा विभिन्न संस्थाद्वारा शुभकामना सन्देश
अमेरिका । ‘समाज टाइम्स’ डिजिटल पत्रिका प्रकाशनको उपलक्ष्यमा अमेरिकामा रहेका विभिन्न संघ संस्थाले शुभ कामना दिएका छन् ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले विज्ञप्ति मार्फत समाज टाइम्सको शुभाराम्भले आफुलाई खुसी लागेको बताएका छन् । उनले शुभ कामना सन्देशमा भनेका छन्,”समाज टाइम्स समाजका विविध गतिविधिलाई समेटेर तथ्यपूर्ण,निष्पक्ष र तटस्थ समाचार प्रवाह गर्न सकोस् तबमात्र समाजप्रति जिम्मेवारी देखिनेछ ।”
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका विष्टले नेपाली जनसम्पर्क समिति र नेपाली कांग्रेस सधै जिम्मेवार र मर्यादित प्रेसको पक्षमा प्रतिवद्ध रहेको पनि बताएका छन् ।
यस्तै प्रवासी नेपाली मञ्च अमेरिका अध्यक्ष प्रभु थापाले पनि समाज टाइम्सको प्रकाशनको उपलक्ष्यमा शुभ कामना व्यक्त गरेका छन् । उनले,”नेपाल र नेपालीको आवश्यकताको प्रतिबिम्ब भई सत्य र तथ्यमा आधारित समाचार प्रकाशन गर्नु हुनेछ र प्रवासमा नेपाली समाजको एकताको लागि तपाई मिडिया अमृत समान रहने छ ।” भनेका छन् ।
यस्तै प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङले पनि समाज टाइम्स शुभाराम्भको उपलक्षमा शुभकामना दिएका छन् । गुरुङद्वारा प्रेसित सन्देशमा नविन सोच र नयाँ उर्जाको साथ संचार क्षेत्रमा अगाडि बढ्न आफ्नो संगठन सहकार्यका लागि प्रतिवद्ध रहेको धारणा व्यक्त गरिएको छ ।
यसै गरि नेपाल अमेरिका पत्रकार संघ नेजाले पनि समाज टाइम्स प्रकाशनको उपलक्ष्यमा शुभ कामना व्यक्त गरेको छ । नेजाका अध्यक्ष विकासराज न्यौपानेद्वारा प्रेसित शुभ कामना सन्देशमा “उत्तर अमेरिकामा रहनुभएका नेपाली पत्रकारहरुको सक्रियताले पछिल्लो समयमा वेब पत्रिकाको प्रकाशन बढ्दै जानुका साथै सूचना सम्प्रेषणमा उल्लेख्य योगदान पुग्दै आएको छ । यो सबैका लागि खुसीको कुरा हो । समाज टाइम्स वेव पत्रिकाले त्यसमा अझ प्रभावकारी भूमिका खेल्न सकोस् हार्दिक शुभेक्षा व्यक्त गर्दछु ।” भनिएको छ ।