युपिभिसी : काठको सट्टा सजिलो र बलियो बिकल्प
|
Getting your Trinity Audio player ready...
|
काठमाण्डौ । काठ भन्दा सस्तो र आल्मुनिअम भन्दा राम्रो हुने भएपछि घर बनाउँदा युपिभसी रोज्नेहरु बढ्न थालेका छन् ।
प्रयोगकर्ताहरु यसका अन्य बिशेषताका कारण पनि आकर्षित भएको बताउँछन् । नागार्जुन नगरपालिका ६ का चन्द्र बहादुर कार्की बिगत ३० वर्षभन्दा बढी समयदेखि निर्माण कार्यमा सक्रिय छन् । कार्कीको अनुभवमा पनि युपिभसी किरा, धमिरा र खिया नलाग्ने भएका कारण यो बलियो छ । कार्कीको कथन छ ‘रङ्ग रोगन गर्न नपर्ने र सफा गर्न पनि सजिलो छ । बाहिर आवाज नछिर्ने ए.सी राख्नका लागि सबैभन्दा उपयुक्त हुने भएकोले पनि सजिलो छ ।‘
युपिभसी ब्यवसायी मगर का अनुसार ‘बाङ्गो, टिङ्गो र त्रिपट कहिल्यै नहुने भएकाले काम गर्न मिस्त्रीहरुका लागि पनि झन्झटरहित छ ।‘
झ्याल, ढोका र पार्टेशनका लागि युपिभिसी रोज्नेहरु पनि धरै छन् । यसको प्रयोगले सरसफाइ गर्न पनि सजिलो भएको प्रयोगकर्ता कार्कीको कथन छ ।
कसरी छान्ने गुणस्तरीय युपिभिसी ?

बजारमा बिभिन्न गुणस्तरका युपिभिसीका सामानहरु पाइन्छ । बार्शेवा कन्स्ट्रक्सनका पदम मगरका अनुसार रंग भन्दा पनि मोटाइलाई ध्यान दिनु पर्दछ । बिभिन्न साइज र आकारमा पाइने भएकोले ३एम एमको मोटाइको छान्न मगर सुझाव दिन्छन ।
घामपानीमा केही नहुने र आगोले पनि नटिप्ने भएका कारण यो सुरक्षित भएको मगरको मान्यता छ ।
गुणस्तर युपिभसी प्रयोग गर्न सजिलो भरपर्दो र बलियो हुने भएकोले पनि यसप्रति आर्कषण बढेको देखिन्छ ।












