जिम्मेवारी स्पष्ट पार्न आग्रह गर्दै नेविसंघले देउवालाई पठायो पत्र
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं । जिल्ला अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्न आग्रह गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई बुँदे पत्र पठाएको छ ।
नेविसंघ जिल्ला अध्यक्षको जिम्मेवारी दिँदाको विषयलाई स्पष्ट पार्न आग्रह गरेको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले देउवालाई पत्र दिँदै नेविसंघको जिल्ला अध्यक्षको जिम्मेवारी दिँदा र अधिवेशन प्रक्रिया सन्चालन गर्ने क्रममा केही विषयहरू अस्पष्ट भई समस्या उत्पन्न भएकोले र भावी दिनमा समेत थप जटिलता उत्पन्न हुने हुँदा स्पष्ट पारिदिन आग्रह गरेका हुन् ।











