नयाँ वर्षको उपलक्षयमा ल्यानक्यास्टरमा सांगीतिक साँझ हुने, आश्था रावत देखि अन्य चर्चित कलाकारको प्रस्तुति
ल्यानक्यास्टर, अमेरिका / युनाइटेड होम केयर एललसीको मुख्य प्रायोजनमा अमेरिकाको पेन्सिलभेनियाबासीका लागि नयाँ वर्षको पहिलो साँझ विषेश हुने भएको छ।
चार युवाको विषेश सक्रियतामा पेन्सिलभेनियाको ल्यानक्यास्टरमा ‘नयाँ वर्ष साँगीतिक साँझ’ हुन लागेको हो।
ल्यानक्यास्टरको लिटिजमा रहेको मिकिस ब्याल्क बक्स हलमा जनवरी एक तारिक दिउसो चार देखि ११ बजे सम्म साँगीतिक कार्यक्रम हुने छ।
आयोजक मध्येका एक विजय घिमिरेका अनुसार साँगीतिक साँझका लागि नेपालबाट चर्चित गायीका आश्था रावत आउने छिन्। यसै गरि अर्की चर्चित गायीका नलिना चित्रकारले पनि पेन्सिलभेनियाबासीलाई मनोरञ्जन दिने छिन्।
कार्यक्रममा गायक जगदिस समालको पनि प्रस्तुती रहने छ। यस्तै अर्का गायक कृष्ण ढकालले पनि कार्यक्रममा प्रस्तुति दिने छ।
अत्याधुनिक र सुविधा सम्पन्न हलमा हुने कार्यक्रममा मेरो भ्वाइस कपको विजेता प्रविण वर्देवा, तथा नृत्यङ्गना रेनुका राई र मोना क्षेत्रीले पनि माहोल तताउने छन्।
गायक विनोद गुरुङ एमसीमा पनि रहने छन्। घिमिरेका अनुसार पूर्णरुपमा मनोरञ्जनात्मक कार्यक्रममा दुई प्रकारको टिकटको व्यवस्था गरिएको छ।
साधरण टिकटको ३० अमेरिकी डलर तोकिएको छ। यस्तै विषेश टिकटको ६० अमेरिकी डलर रहेको छ।

युनाइटेड होम केयर एललसी मुख्य प्रायोजक रहेको कार्यक्रमको आयोजक ल्यानक्यास्टर निवासी विजय घिमिरे, दिपक घिमिरे, रमेश घिमिरे र गोपाल भट्टराई रहेका छन्।
कार्यक्रमको टिकट ल्यानक्यास्टरको कोलम्विया एभिन्यूमा रहेको एशियन मिनि मार्टबाट खरिद गर्न सकिने आयोजकको भनाई छ। यस्तै कार्यक्रम स्थलको मुलद्वारमा पनि कार्यक्रम हुनु अगाडि टिकट विक्रि गरिने जनाइको छ।
साथै अनलाइनबाट जुनसुकै समयमा पनि टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ। (अनलाइनमा टिकट खरिद गर्न यहाँ क्लिक गर्नु होला)



















