एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालकका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
आज बिहान साढे ११ बजे राजदूत श्रीवास्तव एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राजदूत श्रीवास्तवले भेटेका थिए।