नवलपरासी पश्चिम १ मा त्रिपाठीलाई चुनौती बन्दै चौधरी
नवलपरासी । २०७० को दोस्रो संविधानसभा निर्वाचन बाहेक ०४८ सालदेखि ०७४ सम्मका सबै निर्वाचनमा विजयी भएका हृदयेश त्रिपाठी नवलपरासीका चतुर राजनीतिक खेलाडी मानिन्छन् ।
त्रिपाठी ०४८, ०५१, ०५६, ०६४ र ०७४ गरी ५ पटक निर्वाचित भइसकेका छन्। ०७४ को निर्वाचन हुँदा जनता प्रगतिशील पार्टीका अध्यक्ष रहेका त्रिपाठी एमाले र माओवादीको गठबन्धबाट सूर्य चिन्हमा उम्मेदवार बनेका थिए।
प्रतिस्पर्धामा उत्रँदा उनको टक्कर गठबन्धनका तर्फबाट कांग्रेसका विनोद चौधरीसँग हुदैछ ।
०७४ को निर्वाचनमा स्वतन्त्र सांसद भन्दै एमालेको सूर्य चिन्हबाट निर्वाचित भएका उनी अहिले नयाँ दल बनाएर राजनीतिमा सक्रिय छन्। तर, मंसिर ४ मा हुने निर्वाचनमा तालमेलबेगर सांसद हुन भने कठिन देखिन्छ उनलाई ।
नवलपरासी पश्चिम क्षेत्र नं १ मा प्रतिस्पर्धामा उत्रँदा उनको टक्कर गठबन्धनका तर्फबाट कांग्रेसबाट विनोद चौधरीसँग हुने देखिन्छ। चौधरीले यसपटक नवलपरासी पश्चिम-१ मा उम्मेदवार बन्न इच्छा देखाएसँगै त्रिपाठी ‘डेन्जर जोन’मा देखिन्छन्।