चितवन–२ मा रवि लामिछानेको परीक्षा
चितवन/ पुराना नेतालाई आराम गराउने भन्दै युवालाई राजनीतिमा आउन आग्रह गरेका रवि पहिलो प्रयासमै कडा परीक्षाको सामना गर्नु परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रुपमा राजनीतिमा होमिएका रवि लामिछाने चुनाव लड्नका लागि चितवन पुगेका छन् ।
उनले आफ्नो चुनावी अभियान थालिसकेका छन् । उनले चितवन २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
रवि लामिछानेको उम्मेदवारीपछि चितवन–२ को नतिजा कस्तो आउला भन्ने चासो पनि उत्तिकै छ । चितवन २ मा कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, नेपालका मुस्तफा अली, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारी, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजा, हाम्रो नेपाली पार्टीका अमृत तामाङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिल कुमार क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनका टेकबहादुर तामाङको पनि उम्मेदवारी छ ।
यस्तै जनसमाजवादी पार्टी नेपालका प्रभा त्रिपाठीदेखि स्वतन्त्रका देविका कुवर, भास्करचन्द्र न्यौपाने, खेमराज भट्टराई, अंगुर पन्त, सुदर्शन प्रधान र सुन्दर डल्लाकोटीसम्मको उम्मेदवारी छ ।
स्थानीय स्तरमा एमालेका कृष्णभक्त पोखरेल लोकप्रिय मानिन्छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठ र रविले पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यस्तै जनता समाजवादी पार्टी, नेपालले अजय ठाकुर , राष्ट्रिय प्रजातन्त्र पार्टीले मधुपकुमार भट्टराई, नेपाल मजदुर किसान पार्टीले अर्जुन प्रजा, मंगोल नेशनल अर्गनाइजेसनले कुमारी थिङ्ग, एकीकृत शक्ति नेपालले नविन खड्का, नेपाल सुशासन पार्टीले गोविन्द प्रसाद रिजाल र राष्ट्रिय स्वतन्त्र पार्टीले हरि ढकाललाई उम्मेदवार बनाएको छ।
यस्तै स्वतन्त्रबाट जिवन तामाङ्ग, बिष्णु लामा, दिपक पाठक, अरुण कुमार उप्रेती, ओमकृष्ण थपलिया, तिलकमणि पाठक, उत्सव धमला, राजेन्द्रप्रसाद वुर्लाकोटी, कुमार आचार्य र राजन न्यौपानेको उम्मेदवारी छ ।