आइसिसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग ३९ रनले पराजित
ह्युस्टन, टेक्सास । आइसिसी विश्वकप लिग–२ अन्तर्गत बुधवारको खेलमा नेपाल अमेरिका सँग ३९ रनले पराजित भएको छ।
ओमान समेत सम्मिलित त्रिकोणात्मक एक दिवसिय श्रृखलाको नेपाल र अमेरिका बीचको पहिलो खेल टाइ भएको थियो ।
अमेरिकाको घरेलु मैदानमा नेपालले ओमान सँगको दुई खेलमा एक जित र एक हारको नजिता निकालेको थियो।
मोसा क्रिकेट मैदानमा दुई सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल ४७ ओभर चार बलमा दुई सय ६ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो ।
आरिफ शेख र सोमपाल कामीले नेपालको पारीमा उकास्न खोजे पनि सफल हुन सकेनन । ९३ रन जोड्दा पाँच विकेट गुमाएको खराब स्थितिमा छैटौ विकेटका लागि आरिफ र सोमपालले एक सय ६ रनको साझेदारी गरेका थिए ।
४५ औं ओभरमा यो साझेदारी तोडिए पछि नेपाली पारिमा फेरि दुर्भाग्य शुरु भयो। त्यस पछि मात्र सात रन जोड्दा नेपालले बाँकी सबै विकेट गुमायो ।
४५ औं ओभरको चौथो बलमा सौरभ नेत्रवालकरले आरिफलाई आउट गरे । त्यसको दुई बल पछि सोमपाल कामी रन आउट हुदै पेभिलियन फर्किए ।
आरिफले ६३ र सोमपालले ४७ रन जोडेका थिए ।
ओपनर कुशल भुर्तेलले १० रन जोड्दा नेपालले पहिलो विकेट गुमाएको थियो । आसिफ शेखले पनि १८ रन भन्दा बाढी जोड्न सकेनन् ।
अमेरिका सौरभ नेत्रवालकर र अली खानले तीन तीन विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको घरेलु टिम अमेरिकाले पुरा ५० ओभरमा सात विकेट खर्चदा २ सय ४५ रन बनायो ।
पहिलो ओभरमा विकेट गुमाएर दवाबमा परेको अमेरिकाले पुरा इनिङ खेल्दा नेपालका लागि चुनौति पूर्ण स्कोर खडा गर्यो ।
अमेरिका गजानन्द सिंह र शुसान्त मोदानीले अर्धसतकीय पारी खेले । सिंहले ५८ र मोदानीले ५४ रन जोडे ।
अमेरिकाका ओपनर स्टिभन टेलरलाई पहिलो ओभरको पाँचौ बलमा करण केसीले व्यक्तिगत तीन रनमा पेभिलियनको बाटो देखाएका थिए।
यस श्रृखलाको अघिल्लो म्यानमा टेलरले नेपाल बिरुद्द सतकिय पारी खेलेका थिए। पाँचौ ओभरमा करणले अमेरिकाका कप्तान मोनांक पटेललाई चार रनमा आउट गराएका थिए।
२५ औ ओभरमा दीपेन्द्रसिंह ऐरीले अमेरिकाको तेस्रो विकेट लिए। दीपेन्द्रले अमेरिकाका सुशान्त मोदानी र आरोन जोन्सको ८८ रनको साझेदारी तोडेका थिए। दीपेन्द्रले जोन्सलाई व्यक्तिगत ४३ रनमा समेटेका थिए ।
२७ ओभरको तेस्रो बलमा कप्तान सन्दीप लामिछानेले सुशान्तलाई ५४ रन रोके । पाँचौ विकेट नेपालका लागि सबै भन्दा महङ्गो बन्यो । आरोन जोन्स र साइतेजा मुक्कामल्लाले ८५ रनको साझेदारी गरे ।
४३ ओभरको एक बलमा सोमपाल कामीले यो साझेदारी तोडेका थिए। मुक्कामल्ला ३६ रनमा समेटिए ।
छैटौ विकेटको रुपमा पेभिलियन फर्कने गजानन्द सिंह ५८ रन जोडे । उनलाई सन्दीप लामिछानेले रोहित पौडेल मार्फत क्याच गराएका थिए।
निसर्ग पटेल १८ र क्यामरन स्टिभन्स १६ रनमा अविजित रहे ।















