प्रवासको नेपाली पत्रकारिताबारे किताब प्रकाशन हुने
ल्यानक्यास्टर । नेपाल बाहिरको नेपाली पत्रकारितासम्बन्धी अनुसन्धानात्मक आलेखहरु भएको किताब प्रकाशन गर्ने तयारीमा हामी छौं।
सानै आकार र सङ्ख्याको भएपनि नेपाली समुदाय भएको संसारका हरेक कुना-कन्दरामा एक-दुई अनलाइन माध्यम चलेकै छ। समुदाय ठूलो छ र समुदायका सदस्य बाक्लै रूपमा समाज, राजनीति र अर्थोपार्जनमा संलग्न छन् भने त एक-दुई मात्र होइन ठूलो सङ्ख्यामा पत्रपत्रिका, रेडियो, टेलिभिजन समेत चलिरहेका हुन्छन् ।
तपाईं बस्नुभएको र क्रियाशील हुनुभएको ठाउँमा पनि नेपाली समुदायबीच मिडिया सञ्चालन र पत्रकारिता गतिविधि भइरहेका हुनसक्छन् । तपाईं आफैं पनि नेपाली डायस्पोराको सञ्चारकर्मलाई नजिकबाट हेरिरहनु र उपयोग गरिरहनु भएको हुनसक्छ । यस्ता गतिविधि तपाईंको रुचिभित्र पर्छन् भने संसारको जुनसुकै कुनामा बस्नुभएको भए पनि यो अभियानमा जोडिन हामी प्रवासका सबै नेपालीलाई आव्हान गर्दर्छौं । तपाईं हाम्रो अभियानसँग सम्बन्धित विषयगत जानकारीदेखि यसका लागि आर्थिक, भौतिक, नैतिक हरतरहको सहयोग गर्न सक्नुहुनेछ ।
कितावको लक्षित पाठक :
पत्रकार तथा सञ्चारकर्मी, पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, मानवशास्त्र जस्ता विषयका विद्यार्थी तथा शोधार्थी , सामाजिक अनुसन्धानकर्मी/अन्वेषक, नेपाली साहित्य, कला र सँस्कृतिकर्मी, विदेश प्रवास तथा वैदेशिक रोजगारमा सरोकार भएका सेवा–व्यवसाय र संघसंस्था तथा तीसँग सम्बन्धित व्यक्ति: परराष्ट्र सम्बन्धमा संलग्न सरकारी र गैरसरकारी निकाय/संघसंस्था तथा तीसँग सम्बन्धित व्यक्ति ।
समेटिने क्षेत्र : नेपाल (नेपालबाट हेर्दा प्रवासको नेपाली पत्रकारितासम्बन्धी मूल आलेख), अमेरिका र क्यानडा: बेलायत र युरोप (रसिया समेत्), पश्चिम एसिया (मध्यपूर्व), भारत र दक्षिण एसिया, पूर्वी र दक्षिणपूर्वी एसिया, अष्ट्रेलिया र न्युजिल्याण्ड ।
आलेख संरचना :
परिचय: सम्बन्धित क्षेत्रमा पत्रकारिताको स्थिति, नेपाली समुदायमा त्यस्तो पत्रकारिताप्रति अभिरुचि, सफलता र सम्भावना, कठिनाइ र चुनौती, यसले सामना गरिरहेका समस्या आदि।
ऐतिहासिक पृष्ठभूमिः प्रत्येक क्षेत्रमा प्रवास पत्रकारिताको शुरुवातको आवश्यकता र अवस्था, विषयवस्तुको प्राथमिकता, सजिला–अप्ठ्यारा मोडहरु, चाखलाग्दा केसहरु ।
विषयवस्तु : हरेक क्षेत्रमा प्रवास पत्रकारिताले समेट्ने गरेको विषय र प्राथमिकताका सवाल। अध्ययन क्षेत्रको विशेष अवस्था अनुसार यसमा आ–आफ्नै किसिमका फरक विषयवस्तु हुनेछन्, जस्तैः श्रमिक नेपालीहरुको स्थिति, व्यापार–व्यवसायको सवाल, अस्तित्व, सुरक्षा र कानूनी हैसियतको प्रश्न, भूपू सैनिकहरुका समस्या आदि ।
यो अभियानमा सहभागी हुन यदि तपाईं ईच्छुक हुनुहुन्छ भने हामीलाई संपर्क गर्न सक्नुहुनेछ
सम्पर्क इमेल: journalistintransition2020@gmail.com
जर्नलिस्ट इन ट्रान्जिसन















