वेपत्ता तारा एयरको अवस्था अझै अज्ञात : नागरिक उड्डयन प्राधिकरण
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन तार एयरको विमानको अवस्था अझै अज्ञात रहेको बताएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले विमानको खोजीलाई जारी राखिएको भए पनि हालसम्म अवस्थाबारे थाहा नभएको जनाएको हो ।
‘ट्वीनटर विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रीत गरिएकोमा खराब मौसम र जटिल भूगोलका कारण हालसम्म अवस्था अज्ञात रहेको छ,’ उड्डयन प्राधिकरणले भनेको छ, ‘२४ सै घन्टा रेस्क्यू कोअर्डिनेसन सेन्टर खुला रहनेगरी खोजविन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाउने व्यहोरा समेत जानकारी गराइन्छ।’
बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य रोकियो
८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए ।
खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सो र हिउँ पर्न थालेपछि आजको लागि खोजी कार्य रोकिएको उनको भनाइ छ ।
मुस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र एति एयरको उद्धार टोली त्यसतर्फ परिचालन गरिएको थियो । तर, आजलाई थप उद्धार कार्य गर्न सम्भवन नरहेको भन्दै टोली फिर्ता हुन लागेको सीडीओ शर्माले बताए ।
जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टोली खटिएको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र तारा एयरको उद्धार टोली समेत सम्भावित क्षेत्रमा खटिएको छ ।
भोलि मौसम प्रतिकूलताको आधारमा खोजी कार्यमा टोलि परिचालन हुने उनको भनाई छ । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहिन बनेको थियो । चालकदलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।












