न्यूयोर्कमा अब ड्राइभर लाइसेन्स वा आईडी कार्डमा लिङ्ग उल्लेख नगर्दा पनि हुने, लिङ्गको स्थानमा ‘X’ रोज्न पाइने
न्यूयोर्क । न्यूयोर्कवासीले अब राज्यसरकारबाट जारी गर्ने ड्राइभर लाइसेन्स , लर्नर्स परमिट तथा फोटो आईडी कार्ड दिदाँ लिङ्ग उल्लेख नगर्दा पनि हुने भएको छ।
लिङ्गको स्थानमा अब देखि “X” चयन गर्ने विकल्प दिइएको छ।
न्युयोर्ककी गभर्नर क्याथी होचुलले शुक्रबार यस्तो घोषणा गरेकी हुन्।
यस अगाडि ड्राइभर इजाजतपत्र, लर्नर परमिट वा गैर-ड्राइभर फोटो आईडीमा लिङ्गमा पुरुष वा महिला मध्ये एउटा रोज्नु पर्ने थियो। अब महिला वा पुरुष दुबै नरोज्नेले विकल्प पाउने छन्।
यो परिवर्तन राज्यव्यापी डिपार्टमेन्ट अफ मोटर भेइकल (डीएमभीका) सबै कार्यलयमा लागु हुने छन्।
आफ्नो आईडी परिवर्तन गर्न डीएमभी कार्यालयमा जान नचाहने व्यक्तिहरूले जुलाई देखि अनलाइनमा बाट पनि सुविधा लिन सक्ने जनाइएको छ।
यो परिवर्तन राज्यको लैङ्गिक मान्यता ऐन बमोजिम लागू गरिएको हो। जुन २४ तारिक देखि लागु भएको यो ऐनले मानिसहरूलाई आफ्नो पहिचान झल्काउन आफ्नो नाम, लिङ्ग, पदनाम र जन्म प्रमाणपत्र परिवर्तन गर्न सजिलो बनाउने अधिकारीहरुको विश्वास छ।
















