नेपाली समाज टेक्सास बोर्ड अफ ट्रष्ट्री भवन निर्माणमा सक्रिय
टेक्सास। नेपाली समाज टेक्सास (एनएसटी) बोर्ड अफ ट्रष्ट्रीले एनएसटी भवन निर्माणका लागि दिर्धकालिन परियोजना शुरु गरेको छ।
सन् १९९८ मा स्थापना भए देखि समाजले टेक्सासको डालस-फोर्थवर्थमा नेपाली समुदायको लागि विभिन्न प्रकारका दिर्धकालिन कार्यक्रम गदै आएको छ । सोही क्रममा भक्त भण्डारीको संयोजकत्वमा रहेको ट्रष्टीले एनएसटीको भवन निर्माणका लागि योजना शुरु गरेको हो ।
वर्तमान कार्यसमितिका पदाधिकारी तथा पूर्व तीन अध्यक्षबाट २८ हजार अमेरिकी डलर संकलन भएको छ। डालस स्थित नेपाली मन्दिरमा एक औपचारिक कार्यक्रमका विच रकम संकलन शुरु गरिएको हो।
समाजले देखि नेपाली मन्दिर, नेपाली ग्लोवल पाठशाला, नेपाली च्याम्बर्स अफ कमर्स लगाएत कार्यक्रम संचालन गर्दै आएको छ।
सन् २०१७ देखि २०१९ सम्म सुमन थापा समाजको ट्रष्ट्री अध्यक्ष रहदाको कार्यसमितिले भवन बनाउने परियोजना शुरु भएको थियो । तर यसले त्यस पछि तिब्रता पाउन सकेको थिए।
डालसमा नै नेपालीहरुको गौरवको योजना ‘नेपाली मन्दिर’ को काम अगाडि बढिरहेको त्यसलाई पुरा गर्ने दायित्व पनि एनएसटीको भएको कारणले नेपाली समाज,टेक्सासको सामुदायिक भवन निर्माणका लागि काम गर्दा अर्थ संङ्कलन लगाएतका काममा गाह्रो हुने ठानेर यसलाई निष्क्रिय प्रायः गरिएको थियो ।
समाजका वर्तमान अध्यक्ष राजेन्द्र वाग्लेले अब भने समय आएको र त्यसका लागि तिव्र गतिमा काम गर्नुपर्नेमा जोड दिदै आएका छन् ।
डालस नेपाली समाज निकै बृहत हुदै गएकोले सामुदायिक भवनको आवश्यकता देखिन थालेको ट्रष्ट्रीका अध्यक्ष भक्त भण्डारीको भनाइ छ। “नेपाली मन्दिर विशुद्ध नेपाली सनातन धर्मको संरक्षक हो, त्यस भन्दा वाहेक हाम्रो समाजमा दैनिक जसो विविध सामाजिक, पारिवारिक कार्यक्रम हुन्छन् त्यसका लागि पनि भवन आवश्यक छ ।”
भण्डारीका अनुसार समाजको भवनमा स्याहार केन्द्र, विभिन्न चाडपर्व मनाउन हलको व्यवस्था गरिने छ। “एनएसटी बोर्डअफ ट्रष्ट्रीको यो पहिलो आर्थिक संकलनको काम हो । समाजको अर्को गौरवको प्रोजेक्ट ‘नेपाली मन्दिर’ निर्माणाधिन अवस्थामा छ । आर्थिक संङ्कलन गर्ने हाम्रो समाज यहि हो । अहिले यो प्रथम चरणमा कार्यसमिति र पूर्व पदाधिकारिहरु बाट रकम सङ्कलन गरिनेछ ।” भण्डारीले भने “त्यसपछि हामि डालस नेपाली समाज, सिटि,स्टेट सँग पनि समन्वयनमा काम गर्छौ।”
उनले नेपाली मन्दिर निर्माण कार्यलाई पनि असर नगर्ने तरिकाले हामी काम गर्ने बताए।
समाजका महासचिव सन्देश उप्रेतिले आवश्यक्ता अनुसार विभिन्न शाखा निर्माण गरिने र त्यसको कार्यन्वयको जिम्मा एनएसटीको संरक्षकमा त्यहि समितिलाई दिइने बताए।
उनले समाजको आवश्यकताका आधारमा थुप्रै दिर्घकालिन काम गर्ने र त्यसको सहजिकरण एनएसटीले गर्ने बताए ।















