अमेरिकाको टेक्सास स्कूलमा गोलीबारी: २१ जनाको निधन
टेक्सास । टेक्सासको उभाल्डेमा एक प्राथमिक स्कूलमा मंगलवार गोलीबारी हुँदा २१ जनाको निधन भएको छ।
सान एन्टोनियोबाट करिब ८० माईल पश्चिममा उभल्देको रोब इलिमेन्टरी स्कूलमा एक बन्दुकधारीले गोली चलाउदा सो घटना भएको हो।
राज्य प्रहरीलाई उद्धृत गर्दै बीबीसले विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या २१ पुगेको जनाएको छ ।
२१ जना मध्ये १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताइएको छ ।
टेक्सासका गभर्नर ग्रेग एबोटले घटना डरलाग्दो र बुझ्न भनि प्रतिक्रया दिएका छन् । गभर्नर एबोटका अनुसार १८ वर्षिया आक्रमणकारी सुरक्षाकारवाहीमा मारिएका छन्।
घटनामा घाइतेको संख्या खुल्न सकेको छैन । सान एन्टोनियोमा रहेको युनिभर्सिटी हेल्थले एउटा ट्वीटमा भनेको छ कि यसले एक बच्चा र ६६ वर्षीया महिलाको उपचार गरिरहेको छ।
घटना पछि अमेरिकाका दुई ठूला शिक्षक युनियनहरूले बन्दुक हिंसा र बन्दुक सुरक्षालाई सम्बोधन गर्न र कारबाही गर्न माग गरेका छन्।
नेशनल एजुकेशन एसोसिएसन र टेक्सास स्टेट टिचर्स एसोसिएसनले संयुक्त विज्ञप्तिमा नीतिनिर्माताहरूलाई बन्दुकहरू राख्न नहुने मानिसहरूलाई बन्दुक राख्न नदिन केही गर्न आह्वान गरेको छ, उनीहरुले चाहे नयाँ कानूनहरू मार्फत पनि त्यसो गर्न भनेका छन्।
अमेरिकामा गोलाबारीबाट एकै महिनामा दोस्रो ठूलो हताहती भएको छ। मे १४ तारिकाका दिन मात्र न्यूयोर्कको बफेलोमा रहेको सुपरमार्केटमा गोलाबारी हुदाँ दश जनाको ज्यान भएको थियो ।
















