चरम विवादित व्यक्तिलाई कांग्रेसको चुनाव प्रचारको जिम्मेवारी, विदेशमा असन्तुष्टि
अमेरिका । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार प्रसारको जिम्मेवारी विवादित व्यक्तिलाई दिएको भन्दै विरोध भएको छ ।
पार्टीको प्रचार प्रसार समिति एउटा गुटको समिति जस्तो बनेको तथा कर्मठ कार्यकर्तालाई पाखा लगाएर १२ महिना नै कांग्रेसलाई गालि गरेर बस्नेलाई पनि प्रचार समितिमा राखिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।
कांग्रेस स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष आनन्द विष्टको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेका हुन् ।
प्रवासमा रहेका नेपालीहरु मार्फत आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई ब्यापक पार्न समिति गठन गरिएको भनिएको छ ।
तर विष्ट प्रवासमा निकै विवादित पात्र हुन्। सन् २०१४ देखि जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष रहेका विष्टले अहले सम्म अधिवेशन गराएका छैनन्।
यस्तै विष्टमाथि नेपालमा भूकम्प गएको बेला अमेरिकामा उठाइएको ठूलो रकम हिनामिना गरेको आरोप पनि छ ।
भूकम्प पिडितका लागि उठाएको रकम हिनामिना गरेको आरोप लगाउदै विष्ट र उनका महासचिव मुनेन्द्र नेम्वाङले एकले अर्कोलाई कारवाही समेत गरेका थिए।
पछि कांग्रेस नेता डाक्टर प्रकास शरण महतको पहलमा टेक्सासमा सो रकम अब नखोज्ने शर्तमा दुबैको कारवाही फिर्ता लिन लगाएका थिए। सोही घटना पछि अमेरिकामा जनसम्पर्क समिति बदनाम छ।
विष्टमाथि लाग्दै आएको अर्को आरोप भनेको हुण्डी कारोवार हो। भूकम्प पिडितका लागि अमेरिकामा उठाएको पैसा उनले हुण्डी मार्फत नेपाल भित्राएको सार्वजनिक कार्यक्रममा स्वीकार गरेका थिए। कर वापत तिर्नु पर्ने रकम जोगाउन त्यसो गरिएको विष्टले न्यूयोर्कमा भएको एक कार्यक्रममा बताएका थिए।
यस्तै कांग्रेसको १४ महाधिवेशनमा क्रियाशिल सदस्यता शुल्क पठाउदा पनि विष्टले हुण्डीको प्रयोग गरेका थिए। अमेरिकामा क्रियाशलि सदस्यता मार्फत उठाइएको झण्डै ८० लाख रुपैया कुन स्रोतबाट पार्टीको खातामा जम्मा गरिएको हो विष्टले अहिले सम्म प्रष्ट पारेका छैनन्।
विष्टले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उदघाटन गरेको जनसम्पर्क समितिको अधिवेशनलाई पनि पूर्णता दिएका छैनन् । कांग्रेसको १४ औ महाधिवेशन पछि जनसम्पर्क समितिको निर्वाचन गर्ने गरि प्रतिनिधिको छनौट गरिएको थियो । तर अहिले सम्म जनसम्पर्क समितिको चुनाव हुन सकेको छैन्।
अहिले तिनै विवादित र संगठनमा कमजोर व्यक्तिलाई चुनावको मुखमा प्रचार प्रचारको जिम्मेवारी दिइएको भन्दै आलोचना शुरु भएको छ। विष्टकै समितिका उपाध्यक्ष सीपी पौडेलले तस्कर र माफियालाई प्रचार प्रसार समितिमा राखिएको भन्दै आपत्ति प्रकट गरेका छन्।
“प्रवासमा रहेका साथीहरु कांग्रेस जिताउन लाग्नु स्वाभाविक हो। तर डाक्टर महतले जो जसलाई जिम्मवारी दिएका छन् तिनिहरु कांग्रेसमा नलागेका पनि छन्। सामाजिक सञ्जालमा जीवनभर कांग्रेसलाई भोट नमागेका नियुक्ति गर्नु दुखद पक्ष हो।” समाज टाइम्स सँगको कुराकानीमा पौडेलले भने ।
“हुण्डी कारोवारलाई प्रोत्साहन गर्नेलाई जिम्मेवारी दिने काम पार्टीको तर्फबाट भयो। टेक्सासमा २५ हजार डलरको चेक पार्टीलाई बुझाएउने भनेर डाक्टर महतलाई दिइएको हो त्यो पैसा कहाँ छ अहिले सम्म थाहा छैन।” पौडेलले भने “त्यो पैसा खोइ।”
यस्तै जनसम्पर्क समिति अमेरिकाकै अर्का सदस्य तथा ओम भट्टराईले पनि प्रचार प्रसार समिति प्रति व्यङ्ग गरेका छन् ।
चैत्र २६, २०७८
प्रेस विज्ञप्ति
(नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार प्रसार उपसमिति गठन)
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको सभापतित्वमा २०७८ चैत्र २२ गते बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीहरु मार्फत आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई ब्यापक पार्न नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।
उक्त समितिमा देहायका महानुभावहरु रहनु भएको छ ।
क्र.सं नाम, थर पदीय जिम्मेवारी क्षेत्र
१ गोरख (आनन्द) विष्ट संयोजक सभापति, जनसम्पर्क समिति अमेरिका एवम् निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य
२ बालकृष्ण पाण्डेय पदेन सदस्य सभापति, जनसम्पर्क समिति, भारत तथा निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य
३ महेन्द्र शर्मा भुसाल सदस्य भारत (पूर्व आमन्त्रित केन्द्रीय सदस्य)
४ युवराज गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, बेलायत
५ बुद्धिप्रकाश ओली पदेन सदस्य सभापति, जनसम्पर्क समिति, क्यानडा
६ लालबहादुर के.सी. (रोशन) पदेन सदस्य सभापति, जनसम्पर्क समिति, जापान
७ शिखर खड्का पदेन सदस्य सभापति, जनसम्पर्क समिति, जर्मनी
८ चोलाकान्त पंगेनी पदेन सदस्य सभापति, जनसम्पर्क समिति, मलेशिया
९ भुवानीप्रसाद तिमल्सिना पदेन सदस्य सभापति, जनसम्पर्क समिति, युएई
१० पद्मसिंह गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, बहराईन
११ जितेन्द्र बिक्रम शाही पदेन सदस्य सभापति, जनसम्पर्क समिति, नर्वे
१२ सीता अर्याल पदेन सदस्य सभापति, जनसम्पर्क समिति, साइप्रस
१३ देबि भुसाल (दीपिका) पदेन सदस्य सभापति, जनसम्पर्क समिति, इजराइल
१४ मो.अजिज अली पदेन सदस्य सभापति, जनसम्पर्क समिति, कतार
१५ सुरेश रनसिंह गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, अष्ट्रेलिया
१६ राजेन्द्र वि.क. (विरही) पदेन सदस्य सभापति, जनसम्पर्क समिति, कुवेत
१७ पूर्ण तिमल्सिना पदेन सदस्य सभापति, जनसम्पर्क समिति, बेल्जियम
१८ भजिन्द्र बहादुर क्षेत्री पदेन सदस्य सभापति, जनसम्पर्क समिति, दक्षिण कोरिया
१९ सन्तोष श्रेष्ठ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, स्पेन
२० शालिकराम पाध्या गौतम पदेन सदस्य सभापति, जनसम्पर्क समिति, नेदरल्याण्ड
२१ वकिल के.सी. पदेन सदस्य सभापति, जनसम्पर्क समिति, पोर्चुगल
२२ श्यामकृष्ण सापकोटा पदेन सदस्य सभापति, जनसम्पर्क समिति, स्वीजरल्याण्ड
२३ यादव बस्नेत पदेन सदस्य सभापति, जनसम्पर्क समिति, डेनमार्क
२४ चण्डीप्रसाद योङया पदेन सदस्य सभापति, जनसम्पर्क समिति, मकाउ
२५ तुसङ (अर्जुन) बहादुर थापा पदेन सदस्य सभापति, जनसम्पर्क समिति, साउदी अरब
२६ भिमबहादुर परियार पदेन सदस्य सभापति, जनसम्पर्क समिति, पोल्याण्ड
२७ रमेशराज लामिछाने पदेन सदस्य सभापति, जनसम्पर्क समिति, इटली
२८ काजीकुमार गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, हङकङ
२९ बुद्धिसागर घिमिरे पदेन सदस्य सभापति, जनसम्पर्क समिति, न्युजिल्याण्ड
३० कृष्णप्रकाश भुसाल पदेन सदस्य सभापति, जनसम्पर्क समिति, फिनल्याण्ड
३१ सन्देश के.सी. पदेन सदस्य सभापति, जनसम्पर्क समिति, माल्टा
३२ शालिकराम चापागाईँ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, ओमान
३३ सुधीरकुमार राना पदेन सदस्य सभापति, जनसम्पर्क समिति, फ्रान्स
३४ बालकुमार सापकोटा पदेन सदस्य सभापति, जनसम्पर्क समिति, लग्जम्वर्ग
३५ नविन थपलिया पदेन सदस्य सभापति, जनसम्पर्क समिति, स्वीडेन
३६ जीवनजंग कुँबर पदेन सदस्य सभापति, जनसम्पर्क समिति, अष्ट्रिया
३७ राजनकुमार जमरकट्टेल पदेन सदस्य सभापति, जनसम्पर्क समिति, चीन
३८ अंकित ओली पदेन सदस्य सभापति, जनसम्पर्क समिति, आयरल्याण्ड
३९ खगेन्द्र जि.सी. सदस्य अमेरिका
४० दिलबहादुर गुरुङ सदस्य जर्मनी
४१ विश्व आदर्श पण्डित सदस्य बेलायत
४२ पूर्ण हमाल सदस्य पोर्चुगल
४३ हरिबोल भण्डारी सदस्य अमेरिका
४४ सीता सापकोटा सदस्य बेल्जियम
४५ विमल सुवेदी सदस्य कतार
४६ कृष्ण गिरी सदस्य अष्ट्रेलिया
४७ गिरिराज कुँबर सदस्य दक्षिण कोरिया
४८ आस्था बिन्दु मल्ल सदस्य दक्षिण कोरिया
४९ कुलप्रसाद गुरुङ सदस्य हङकङ
५० सुदर्शन थापा सदस्य मकाउ
५१ बलराम श्रेष्ठ सदस्य जापान
५२ राम महतो सदस्य स्वीजरल्याण्ड
५३ सुभाष जोशी सदस्य बेल्जियम
५४ खगेश्वर अधिकारी सदस्य इजरायल
५५ बीरेन्द्रसिंह कार्की सदस्य डेनमार्क
५६ एकराज गिरी सदस्य स्पेन
५७ डा. एलिनी पोखरेल सुवेदी सदस्य पोल्याण्ड
५८ कृष्ण रेग्मी सदस्य क्यानडा
५९ खेमराज बस्नेत सदस्य युएई
६० सुभाष गुरुड. सदस्य बेल्जियम
६१ विज्ञान प्रसाईँ सदस्य बेलायत
६२ डा. यादव पण्डित सदस्य अमेरिका
६३ युवराज सिंह सदस्य बेलायत
६४ विनोद भट्ट सदस्य अमेििरका
६५ आर. के. त्रिपाठी सदस्य बेलायत
६६ कृष्ण लामिछाने सदस्य अमेरिका
६७ कुमारी गुरुङ सदस्य बेलायत
६८ इन्द्र शर्मा सदस्य स्पेन
६९ गुराँस पौडेल सदस्य स्वीजरल्याण्ड
७० किरण राई सदस्य बेलायत
७१ शंकर न्यौपाने सदस्य कतार
७२ धर्म भट्टराई सदस्य अमेरिका
७३ नविन पोखरेल सदस्य अमेरिका
७४ हिक्मत थापा सदस्य अफ्रिका
७५ पद्म ठकुराठी सदस्य अमेरिका
७६ मकेन्द्रबहादुर सिंह सदस्य अमेरिका
७७ डोलराज भण्डारी सदस्य भारत
७८ टेकराज पोखरेल सदस्य भारत
७९ खड्क सिंह बम सदस्य भारत
८० शेरबहादुर रावत सदस्य बहराइन
८१ दिपक रेग्मी सदस्य साउदी अरब
८२ दुतराज गुरुङ (दिपक) सदस्य बहराइन
८३ महेश मोक्तान सदस्य युएई
८४ डम्बरबहादुर गुरुङ सदस्य इजरायल
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति अन्तर्गत
प्रवास मिडिया समन्वय सञ्जाल
क्र.सं. नाम, थर पद देश
१ गौतम दाहाल संयोजक अमेरिका
२ हेमन्त काफ्ले सदस्य अष्ट्रेलिया
३ होम लम्साल सदस्य अमेरिका
४ दिनेश कार्की सदस्य अमेरिका
५ विष्णु पौडेल सदस्य अमेरिका
६ बसन्त कार्की सदस्य क्यानडा
७ ओम शर्मा सदस्य बेल्जियम
८ विनय अधिकारी सदस्य बेलायत
९ राजन कुँवर सदस्य कोरिया
१० विराट खनाल सदस्य जापान
११ गोकुल ढकाल सदस्य अमेरिका
१२ प्रेमसिंह लोहार सदस्य भारत
१३ कृष्णराज खनाल सदस्य अमेरिका
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव