ग्रीन कार्ड आवेदन प्रक्रियामा रहेका क्यानाडाली नागरिक पक्राउ
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) को मिलवाउकी कार्यालयले ग्रीन कार्ड आवेदन प्रक्रियामा रहेका एक क्यानाडाली नागरिकलाई पक्राउ गरेको छ।
यूएससीआईएसका अनुसार ती व्यक्ति विस्कोन्सिन राज्यमा मादक पदार्थ सेवन गरेर सवारी चलाएको (ड्रंक ड्राइभिङ) तथा पक्राउको क्रममा प्रहरीको आदेश अवज्ञा गर्दै प्रतिरोध गरेको अभियोगमा हालै आरोपित भएका थिए, जसका कारण एक प्रहरी अधिकारी घाइते भएका थिए।
घटनाबारे जानकारी पाएपछि यूएससीआईएसले अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) सँग समन्वय गरेको थियो।
सोही समन्वयअनुसार ती क्यानाडाली नागरिकलाई मिलवाउकीस्थित यूएससीआईएस कार्यालयमा ग्रीन कार्डसम्बन्धी ‘एडजस्टमेन्ट अफ स्टाटस’ अन्तर्वार्तामा उपस्थित भएका बेला पक्राउ गरिएको हो।
यूएससीआईएसले आप्रवासन प्रक्रिया चलिरहँदा गम्भीर आपराधिक गतिविधिमा संलग्न देखिएका व्यक्तिहरूमाथि कडा निगरानी र आवश्यक कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

















