राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाइनलमा
काठमाडौं / नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोन्स्ट्रेसन टिम भारतको टि.भी च्यानल सोनी टिभीबाट प्रसारण भइरहेको रियालिटी सो इन्डियास गोट ट्यालेन्ट, सिजन ११ मा उत्कृष्ट प्रदर्शन गरी फाइनलमा पुग्न सफल भएको छ ।
हाल उक्त डेमोन्स्ट्रेसन टिम आगामी फाइनल प्रतिस्पर्धाका लागि भारतमै रहेर अभ्यास गरिरहेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् । फाइनल जनवरी २ तारिखमा हुनेछ ।
नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालगायत महोत्सवमा उत्कृष्ट प्रस्तुती गर्दै आईरहेको डेमोन्स्ट्रेसन टिमल कोरियामा समेत डेमोन्स्ट्रेसन प्रस्तुत गरी आफ्नो क्षमता प्रमाणित गरिसकेको तेक्वान्दो संघले जनाएको छ । टिमलाई संघले सफलताका लागि शुभकामना दिएको छ ।
खेलाडी : मन्डिप राई, मनोज सुवेदी, सुजल गुरुङ, सुकमाया गुरुङ, कपिल गुरुङ, सुनिल तामाङ, समना पुरी, मनीषा पराजुली, अस्मिता तामाङ, शितल मगर, दावा साङ्बु भोटे, सागर तामाङ, सुरज खड्का, आदर्श मगर, ओमन घले, गरिमा कोइराला, समीर खत्री, अन्जिल मगर, सिमा मगर, शिवम विक, राधा विक, याङजी शेर्पा र रुपा मगर ।
हेड अफ टिम श्याम थापा मगर, प्रशिक्षक ओशन श्रेष्ठ र टिम कप्तान सावन थापा मगर ।















