भर्जिनियामा भजनबाट मन्दिरलाई १२ हजार डलर सङ्कलन
भर्जिनिया/ भर्जिनियामा भजनबाट मन्दिरलाई १२ हजार अमेरिकी डलर सङ्कलन भएको छ।
हाम्रो भजन समूह द्वारा आयोजना गरिएको नियमित मासिक भजन तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनसीसी) सदस्यता विस्तार अभियानमा शनिवार सो रकम सङ्कलन भएको हो।
नेपाली अमेरिकन सामुदायिक केन्द्रको निर्माणाधीन मन्दिर तथा सामुदायिक केन्द्रको कोष अभिवृद्धिका लागि भजन कार्यक्रम व्यवसायी भरत सुवेदी निवासमा भएको थियो।
मनोज खड्का / श्रीमती सबिना त्रिपाठीले सर्वाधिक पाँच हजार अमेरिकी डलर भजनमा सङ्कलन भयो ।
यस्तै चक्रपाणि शर्मा सुवेदी / श्रीमती साबित्रा सुवेदीले एक हजार डलर, राजु अधिकारी / श्रीमती विद्या पौडेलले एक हजार, राजेन्द्र तिमल्सेना / श्रीमती अस्मिता शर्माबाट एक हजार पाँच डलर सङ्कलन भएको थियो।
यस्तै कमल पन्त / श्रीमती उर्मिला त्रिपाठीबाट एक हजार र कृष्ण कुमारी भट्टराईबाट एक हजार एक, शिवशङ्कर तिमल्सेना / श्रीमती सिर्जना आचार्यबाट एक हजार डलर सङ्कलन भएको थियो। राजन सापकोटा / श्रीमती सुजिता पौडेलबाट पनि एक हजार पाँच डलर
कार्यक्रममा भजन समूहका उपाध्यक्ष राजु अधिकारीले आफूले दिएको दान कम्पनीबाट म्याचिङ्ग गराउन सकिने सम्भावना रहेको बताउँदै, “यदि म्याचिङ्ग प्रक्रिया सफल भयो भने समुदायलाई थप फाइदा हुनेछ,” भन्दै सबैलाई यस्ता अवसरहरू उपयोग गर्न आग्रह गरेका छन्।
त्यसै गरी, एनएसीसीका अध्यक्ष डा. मदन उप्रेतीले यस्तो सामुदायिक अभियान उदारणिय भएको बताए। “समुदायको दीर्घकालीन विकासका लागि सबैले यसरी नै दिल खोलेर सहयोग गर्नुपर्छ,” उप्रेतीले भने।
उनले भजन समूहका अध्यक्ष भरत सुवेदी तथा सम्पूर्ण आयोजक टोलीप्रति विशेष धन्यवाद व्यक्त गरे ।
हाम्रो भजन समूहले अमेरिकाको नर्दन भर्जिनियामा रहँदै नेपाली कला, संस्कृति र भजन परम्पराको संरक्षण–संवर्द्धनमा विगत दुई वर्षदेखि निरन्तर योगदान पुर्याउँदै आएको छ।
‘भजनमा सहभागी हुँदै आएका सम्पूर्ण साथीहरू, आजको विशेष कार्यक्रमका सहयोगीहरू तथा उदार दाताहरूप्रति आभार व्यक्त गर्दछु। संस्थाका अध्यक्ष भरत सुवेदीले भने।
अध्यक्ष सुवेदीले एनएसीसी ‘भवन निर्माण सम्पन्न’ अभियान निरन्तर रूपमा अघि बढिरहेको बताए।
“भोलिका दिनमा एनसीसीको सदस्य बन्न इच्छुक सबैले एनएसीसीका कार्यसमिति सदस्य वा राम्रो भजन समूहका सदस्यहरूलाई सम्पर्क गर्न अनुरोध छ।” सुवेदीले आह्वान गरे ।















