एसियन युथ गेममा भाग लिने नेपाली टोलीको बिदाइ
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं/ बहराइनमा हुने एसियन युथ गेममा भाग लिने नेपाली टोलीको आइतबार काठमाडौंमा बिदाइ गरिएको छ। एसियन युथ गेम अक्टोबर २२ देखि ३१ हुँदै छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एसियाली युवा खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी र प्रशिक्षकहरूको टोलीलाई बिदाइ गरे।
एसियन युथ गेममा जुडोमा खेलाडीमा समिता नेपाली र प्रशिक्षक देबकी माया श्रेष्ठ छन्। पौडी टोलीमा प्रशिक्षक नयना शाक्य र खेलाडीमा अथर्व सिंह तथा आर्य महर्जन रहेका छन्।
ब्याडमिन्टनमा, सुबिन श्रेष्ठ र प्रशिक्षकमा तिलक पाण्डे छन्। मुएमा खेलाडीमा गेन्जी राई र पलिष्ठा कक्षपति तथा प्रशिक्षकमा भूपेश शाक्य छन्।
गल्फमा, खेलाडी रुबेन थापा र प्रशिक्षक ध्रुवबाबु थापा छन्।
त्यस्तै, ईस्पोर्ट्सको खेलाडीमा अरुण मिश्रा र प्रशिक्षकमा काव्या राज आचार्य तथा व्यवस्थापकमा सिलु श्रेष्ठ छन्।
एनओसीका कोषाध्यक्ष ताशी घले उक्त खेलकुदको प्रमुख डे मिसन हुनेछन् उनको सहयोगीमा मुख्यालयका अधिकृत इन्द्र मल्ल हुनेछन्।
नेपाली टोलीको बिदाइमा अध्यक्ष श्रेष्ठले शुभकामना दिँदै यो खेलकुदले भविष्यका लागि सहयोगी हुने बताए।
‘यो त्यो बीउ हो जुन बढ्नेछ र एसियाली खेलकुद, ओलम्पिकमा भविष्यको गौरवका लागि नेपाललाई मद्दत गर्नेछ।’ उनले भने, यी आशाजनक खेलाडीहरूको सहभागिताले महादेशीय स्तरमा विविध खेलकुदमा नेपालको बढ्दो उपस्थितिलाई प्रतिबिम्बित गर्दछ।’
बिदाइ समारोहमा उपाध्यक्षहरू ज्योति राणा, चतुरानन्द राजवैद्य, गोपाल सुन्दर लाल कक्षपति; महासचिव राजीव श्रेष्ठ; सचिवहरू रामकृष्ण श्रेष्ठ, रमेश शिवाकोटी र मानार्थ उपाध्यक्ष दीपक हर्ष बज्राचार्य उपस्थित थिए।
एसियाली युथ गेम्समा भाग लिन टोललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को एक छुट्टै कार्यक्रममा बिदाइ गरेको छ।
राखेपमा सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

पहिलो टोलीका रुपमा मुवाँथाई टोली मंगलबार बहराइन जाने छ । गल्फका रुवेन विदेशमा रहेकाले त्यतैबाट बहराइन जाने छन् ।
उक्त प्रतियोगितामा टेबल टेनिसका अन्तर्राष्ट्रिय अम्पायर तेजेन्द्रसिंह महराले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
















