ह्यारिसबर्गमा सगरमाथा आरोही सँग सँगै पदयात्राको मौका
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ दश पटकका सफल सगरमाथा आरोही आङ दावा शेर्पा सँग अमेरिकाको पेन्सिल्भेनियाबासीले सँग सँगै पदयात्रा गर्न पाउने भएका छन्।
आङ दावा र उनकी धर्मपत्नी पासाङ फुटी शेर्पा सबै भन्दा छिटो सगरमाथा आरोहण गर्ने विवाहित जोडीको कीर्तिमान पनि छ।
उनीहरुले २ दिन, ७ घण्टा र ३६ मिनेटमा विश्वको छानोमा पाइला राखेका थिए। तीनै दुई कीर्तिमानी सँग पदयात्रा गर्ने अवसर इन्सपायर टु एक्सप्लोरले दिलाउन लागेको हो।
इन्सपायर टु एक्सप्लोरले पछिल्ला तीन वर्ष देखि समुदायलाई प्रकृति तर्फ फर्काउने अभियान नै चलाउँदै आएको छ।
एक पाइला बाहिर, एक श्वास भित्र: मानसिक स्वास्थ्यका लागि प्रकृतिमा फर्किऔँ
‘हामी सँगै जोडिएर अहिले सम्म तीन सय भन्दा बढीले पदयात्रा गर्नु भएको छ, तीन सबैको सम्मानमा हामीले आफ्नो तेस्रो वार्षिक उत्सव मनाउँदै छौ र यसलाई अझ विषेश बनाउन सगरमाथा आरोहीलाई ह्यारिसबर्ग ल्याउन लागेका हौ।’ इन्सपायर टु एक्सप्लोरका संस्थापक प्रमुख नीलहरि भण्डारीले समाज टाइम्स सँग भने।
‘हाम्रो समुदायका व्यक्तिहरूलाई सगरमाथा आरोहणको प्रत्यक्ष अनुभव सुन्ने यो ठूलो मौका हो। वास्तविक अभियान कथाहरू, चुनौतीहरू, विजयहरू, र अविस्मरणीय क्षणहरू।‘ भण्डारीले भने, ‘पदयात्रा सँग सँगै प्रश्नोत्तरको अवसर पनि रहने छ। पर्वतारोहण, अभियानहरू, वा बाहिरी साहसिक कार्यहरूको बारेमा पनि सोध्न सकिने छ।‘
उनले यो कार्यक्रमले समुदायमा प्रेरणा दिने अपेक्षा गरे। भण्डारीका अनुसार अक्टोबर २५ तारिख शनिवार पद यात्रा हुने छ। त्यो भन्दा अगाडि २४ तारिख शुक्रवार साँझ फण्ड रेजिङ्ग र सम्मान कार्यक्रम हुने छ।
इन्सपायर टु एक्सप्लोरका सह-संस्थापक डोम आचार्यका अनुसार ह्यारिसबर्गबाट १२ मिनेटको दुरीमा रहेको म्यारिसभिल माउन्टेनमा पद यात्रा हुने छ।
‘हामीले कीर्तिमानी सगरमाथा आरोही जोडी सँग पाँच घण्टा पद यात्रा गर्ने व्यवस्था गरेका छौ।’ आचार्यले भने। उनका अनुसार पद यात्रामा सहभागी हुनका लागि नाम भने दर्ता गर्नु पर्ने छ।
‘व्यवस्थापनमा सहज होस भन्नका लागि हामीले दर्ता गर्नेहरूका लागि मात्र पदयात्रामा भाग लिन पाउने व्यवस्था गरेका छौ।’ आचार्यले भने, ’दर्ता निःशुल्क हो तर कसैले स्वइच्छाले दिने डोनेसनलाई हामी सदैव स्वागत गर्छौ।’
आचार्यका अनुसार यस पटकको पदयात्रामा ५५ जनाले भाग सहभागी हुने पाउने छन्। नाम दर्ताका लागि यो लिङ्कमा जानु पर्ने छ।
पदयात्राको लागि यहाँ क्लिक गरी दर्ता गर्नु सक्नु हुने छ।
यसै बीच इन्सपायर टु एक्सप्लोरले कार्यक्रमलाई सहज बनाउन सर्वेक्षणमा सहभागी हुन पनि अपिल गरेको छ।
‘हाम्रा सबै कार्यक्रमहरूलाई अझ राम्रो बनाउन हामी प्रतिक्रिया पनि सङ्कलन गर्दैछौं। यदि तपाईँसँग ५-७ मिनेट छ भने, हामी तपाईँलाई के उत्प्रेरित गर्छ, बाहिरी गतिविधिहरूको बारेमा तपाईँलाई के मन पर्छ, र हामी तपाईँलाई कसरी राम्रो सेवा दिन सक्छौँ भन्ने बारे तपाईँको विचारहरू सुन्न चाहन्छौँ।‘ इन्सपायर टु एक्सप्लोरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सर्वेक्षणका लागि यहाँ क्लिक गरेर सोधिएका प्रश्नको जवाफ दिन सक्नु हुने छ।
सर्वेक्षणले भविष्यका कार्यक्रमहरूलाई प्रत्यक्ष रूपमा आकार दिन सजिलो हुने इन्सपायर टु एक्सप्लोरको भनाई छ।
सर्वेक्षण पूरा गर्ने सबैलाई जाडो पदयात्राको लागि तयार हुन एक सय अमेरिकी डलरको उपहार कार्ड जित्ने अवसर हुने जनाइएको छ।














