पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा खेलियो सामूहिक देउसी भैलो
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा सामूहिक देउसी भैलो खेलिएको छ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा देउसी भैलो खेल्ने गरिन्छ।
नेपालीको दोस्रो महान् चाड तिहार आजबाट शुरु
शनिवार बाट तिहार शुरु भएको हो। तिहारलाई यम पञ्चक पनि भन्निन्छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म तिहार मनाइन्छ।
हिन्दु कम्युनिटी अफ ल्यानक्यास्टरको आयोजनामा लङ्गस पार्कमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न स्कुल तथा पेन स्टेट क्याम्पसका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए।
नृत्य पछि सामूहिक देउसी भैलो खेलिएको थियो।
कार्यक्रममा ल्यानक्यास्टरबासी नेपाली भाषीको उत्साहपूर्ण सहभागिता थियो।
‘यो क्षम मेरो लागि अविस्मरणीय हो।’ ल्यानक्यास्टर निवासी ओम घिमिरेले समाज टाइम्स सँग भने,’म ल्यानक्यास्टर बस्न थालेको १५ वर्ष भयो सार्वजनिक ठाउँमा यसरी सामूहिक रुपमा देउसी भैलो खेलेको मैले देखेको थिइन।’
घिमिरेले ल्यानक्यास्टरमा पनि नेपाली संस्कृति निजी घरका बेसमेन्ट र पार्टी हलबाट बाहिर निस्किएको बताए।
‘यहाँ नेपालबाट, भुटानबाट आउनु भएका नेपाली भाषीको संख्या बाक्लो छ, तर यस अगाडि हामी यसरी एकीकृत भएर कार्यक्रम गर्न सकेका थिएनौ, यो तिहारले हामीलाई हाम्रो परम्परा र संस्कृति जोगाउन एक ठाउँमा ल्याउन सहयोग गरेको छ। ‘ उनले भने।
कार्यक्रम आयोजक हिन्दु कम्युनिटी अफ ल्यानक्यास्टरका संयोजक खगेश्वर मिश्रले कार्यक्रम आफूहरूले सोचे भन्दा राम्रो भएको बताए। ‘ हाम्रो अपेक्षा भन्दा राम्रो कार्यक्रम भयो’ मिश्रले भने ‘अर्को वर्ष झन् राम्रो गर्छौ।’ ।
पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा शनिवार आयोजित देउसी भैलो कार्यक्रममा नाच प्रस्तुत गर्दै पेन स्टेट कलेजका विद्यार्थीहरू । हिन्दु कम्युनिटी अफ ल्यानक्यास्टरले कार्यक्रमको आयोजना गरेको हो।
देउसी भैलोका थप तस्बिरहरु …














