युएस ओपनमा प्रतिस्पर्धा गर्न नेपालीबाट आएका खेलाडीको न्यु योर्कमा स्वागत र सम्मान

Getting your Trinity Audio player ready...
|
न्यु योर्क / युएस ओपन करातेमा प्रतिस्पर्धा गर्न नेपालबाट आएका खेलाडीलाई न्यु योर्कमा स्वागत तथा सम्मान गरिएको छ।
युएस ओपन शुक्रवार देखि लस भेगासमा शुरु हुँदै छ। च्याम्पियन मार्शल आर्ट्सले युएस ओपन खेल्न आएका महामद शेखु आलम मंगलवार स्वागत तथा सम्मान गरेको हो।
च्याम्पियन मार्शल आर्ट्सका संचालक तथा प्रमुख प्रशिक्षक सुनील लामाका अनुसार महामदलाई एक हजार अमेरिकी डलर पनि प्रदान गरिएको छ।
न्यु योर्क विधान सभाका लागि डिस्ट्रिक्ट ३० का सदस्य स्टिभन रागाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली समुदायका अगुवा नवराज केसी विशेष अतिथि रहेका थिए।

कार्यक्रममा कराते प्रशिक्षकहरू मोकेन्द्र बहादुर सिंह, जनक सिंह खड्का, राष्ट्रिय खेलाडी पुष्प थापा मगर पनि सहभागी रहेका थिए।
महामदले युएस ओपनमा ८४ केजी तौल समूहमा खेल्ने छन्।
कलैया-०८, बाराका महामद क्लब स्तरमा सशस्त्र प्रहरी बलबाट खेल्दै आएका छन्। हाल उनी राष्ट्रिय टिमका सदस्य समेत हुन्।
सन् २०१९ मा भारतमा भएको आइएमएस विश्व कुमिते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका महामद
गत वर्ष भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा व्यक्तिगत कुमितेमा स्वर्ण र टिम कुमुतेमा रजत पदक जितेका थिए।