६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ
रौतहट । बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलिने जितपुर सिमरा उप महानगरपालिका वाड न २१ मा रहेको छठिमाइ घाटबाट बरामद गरेको हो ।
हेटौँडाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा ०२ – ०४२–००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको बारा प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलमा रहेका तीन जना प्रहरी टोलीलाई देख्न साथ भागेको र एक जना भने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार मकवानपुर हेटौँडा उप महानगरपालिका वाड न १३ पदम पोखरी बस्ने वर्ष २७ को विवेक थिङलाइ पक्राउ गरिएको हो । चार वटा ब्यागमा रातो पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको अवस्थामा बरामद गरिएको उनले बताए ।
लागू औषध गाँजा सहित पक्राउ परेकालाई आवश्यक कानुनी कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।