बाना निर्वाचन: २७ सय नौ मत खस्यो, मत गणना केही समयमा शुरु हुँदै
बाल्टिमोर,मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को नयाँ कार्य समितिका लागि आइतबार भएको निर्वाचनमा २७ सय नौ मत खसेको छ।
बाना निर्वाचन समितिका प्रमुख डा. कृष्ण ढकालले अन्तिम मतदाताको रुपमा मतदान गरेका थिए।
बानामा यस पटक चार हजार ८ सय तीन मतदाता थिए। बिहान ८ : २५ बजे देखि शुरु भएको मतदान साँझ ५: २५ सकिएको थियो।
५६ दशमलव ४ प्रतिशत मतदाताले मतदान गरेका हुन्।
निर्वाचन प्रमुख ढकालका अनुसार साँझ नै मतगणना शुरु हुने छ।
बाना अध्यक्षका लागि जीतेन्द्र गुरुङ, लक्ष्मी भारती र कोशिस भण्डारी आ आफ्नै समूह बनाएर प्रतिस्पर्धामा छन्।